सहरेडाँगीमा मंसिर १५ गतेदेखि २१ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने

2023-11-24 मा प्रकाशित

मेचीनगर, ८ मंसिर । मेचीनगर–१२ स्थित सहरेडाँगीमा महापुराण आयोजना हुने भएको छ ।

आज पञ्चवटी वीरभद्र महाकाली धामको आयोजनामा आगामी मंसिर १५ गतेदेखि २१ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, धन–धान्यञ्चल महापुराण हुने भएको पत्रकार सम्मेलन गरी पुराण आयोजकले जानकारी दिएको छ ।

महापुराणको कथा वाचन भागवत् मञ्जरी पूज्य राधिका दासीले गर्ने आयोजक समितिका अध्यक्ष तीलकप्रसाद गिरीले बताए ।

मन्दिरलाई व्यवस्थित गर्दै सामाजिक तथा धार्मिक सदभाव फैलाउने, अतिथि सदन र सामुदायिक भवन निर्माण, ज्येष्ठ नागरिक चौतारी निर्माण र जग्गा घेराबारा गर्ने, जिल्लाभित्र र बाहिर धार्मिक पर्यटनलाई बढावा दिने, कोष स्थापना गर्ने उद्देश्यले पुराणको आयोजना गर्न लागिएको उनले बताए ।

मन्दिरको चैतर्फी विकासका लागि १ करोड संकलन गर्ने र २५ लाख खर्च हुने पुराण प्रचार–प्रसार समितिका संयोजक प्रेमराज घिमिरे बताए । दैनिक २ हजार भक्तजन आउने अपेक्षा आयोजकको छ ।

२०७२ सालमा स्थानीय रविन्द्र प्रसाईं, गंगादेवी, लक्ष्मी प्रसाईंले उनका मातापिता÷सासुससुरा यशोदा– अभिचन्द्र प्रसाईंको स्मृतिमा मन्दिर निर्माण गरिएको हो ।

उनीहरुले मन्दिरको नाममा २ कठ्ठा ३ धुर जग्गा दान दिएकोमा सर्पट नापीबाट जग्गा थप भई हाल मन्दिरको ६ कठ्ठा ५ धुर जग्गा रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमणि प्रसाईंले बताए ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालले महापुराणको सफलताका लागि सञ्चार क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु