मेचीनगरमा बेैंकका कर्मचारीसहित चारजनामा संक्रमण पुष्टि,आज एकैदिन आधाा दर्जनले जिते कोरोनालाई

2020-08-21 मा प्रकाशित

लक्ष्मी उप्रेती

मेचीनगर, ५ भदौ ÷ झापाको मेचीनगरका विभिन्न वडाका ५ तथा विर्तामोड नगरपालिकाका १ गरी ६ जना नोवल कोरोना भाइरस कोभिड १९ कोे संक्रmमणबाट मुक्त भएर शुक्रबार डिस्चार्ज भएका छन् । उनीहरुलाई व्यस्थित तथा सुरक्षितरुपमा दुईसातासम्म होेम क्वारेन्टाइनमा बस्ने गरी १ नम्बर प्रदेश सरकारको अनुदान समेतमा मेचीनगर—१३ स्थित स्वास्थ्य चौकीकोे नवनिर्मित भवनमा मेचीनगर नगरकार्यपालिकाको कार्यालयबाट व्यवस्थाापन गरिएको आइसोलेसन सेन्टरबाट डिस्चार्ज गरिएको हो ।

यसरी डिस्चार्ज हुनेमा मेचीनगर ९ का ३२ वर्षीया महिला र १४ बर्षीया बालिका, वडानम्बर ५ का ३३ वर्षीय, वडानम्बर ७ का ३८ वर्षीय पुरुष र वडानमबर १० का १५ वर्षीय किशोर रहेको आइसोलेसन सेन्टरका प्रमुख सविता सापकोटाले जानकारी दिनुभयो । यसैगरी विर्तामोड ३ का ३६ वर्षीय पुुरुषलाई समेत सोेहि आइसोलेसन सेन्टरबाट डिस्चार्ज गरिरएको उहाँको भनाई छ ।

शुरुमा उनीहरुको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसन सेन्टरमा राखिएको थियो । पछिल्लो समय सवैको रिपोर्ट नेगेटिभ देखिएपछि सुरक्षित र व्यवस्थितरुपमा होेम क्वारेन्टानमा बस्ने गरी सवैलाई डिस्चार्ज गरिएको सापकोटाको भनाई छ । यो संगै मेचीनगरबाट नोवल कोरोना भाइररस काोेभिड १९ को संंक्रमणबाट मुक्त भएर डिस्चार्र्ज हुनेको संख्या ९२ पुगेको छ । शुक्रबारसम्ममा नगरमा नोवल कोरोना भाइररस काोेभिड १९ को संंक्रमितकाके संख्या १ सय ६ पुुगेको मेचीनगरका सामाजिक विकास समिति संयोजक नविन बरालले जानकारी दिनुभयो । उहाँका अनुसार ९२ जना नको भएर घर फर्केका भएपनि बाकीको प्रदेशका विभिन्न ठाउँमा रहेको कोेभिड अस्पतालमा उपचार भइरहेको छ ।

शुक्रबारमात्रै नगरमा चारजना नयाँ संक्रमित थपिएका छन् । भारतका विभन्नि स्थानबाट आएर नगरका होल्डिङ सेन्टर, होम क्वाररेन्टाइन, तथा नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बसेका मेचीनगर— २ की १० वर्षीया बालिका सहित चारजनामा संक्रमण पुुष्टि भएको बरालले जानकारी दिनुभयो । शुक्रबार पुुष्टि भएका बुद्घशान्ति —३ की करीव २२ वर्षीया एक महिला पनि छन् । उनी मेचीनगरको इटाभट्टास्थित प्र्राईम बैंकमा कार्यरत कर्मचारी भएको वरालले बताए । ती कर्मचारीसँग सम्पर्कमा ररहेका अन्य व्यक्तिलाई समेत सुरक्षित र व्यवस्थितरुपमा होेम क्वारेन्टाइनमा बस्न संयोजक वरालले आग्रह गनुृभएको छ ।

मेचीनगर— ६ का २५ वर्षीया महिला र वडानम्बर— ८ का २१ वर्षीय पुरुषमा समेत नोवल कोरोना भाइरस कोभिड १९ कोे संक्रmमण फेला परेको वरालले जानकारी दिनुभयो । २ भदौमा पीसीआर परीक्षणका लागि उनीहरुको थ्रोड स्वावकोे नमूना संकलन गरी १ वीपी कोइराला स्वास्थ्य विज्ञान प्र्रतिष्ठान धरानको माईक्रोबायोलोजिकल विभागमा पठाइएको छ । प्रतिष्ठानबाट प्राप्त रिपोर्टमा उनीहरुमा संक्रमण पुष्टि भएकोे हो ।

मेचीनगर नगरपालिकाक्षेत्रमा नगरपालिकाको तर्फबाट समुदायस्तरमा कोभिड १९ संक्रमणको परीक्षण भै रहेका बखत श्रावण २४ गते भएको परीक्षणमा बुधबार एकैपटक समुदाय स्तरमा एक चिकित्सकसहित चारजनामा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फेला परेपछि नगरपाालिकाले समुदायस्तरमा पीसीआर परीक्षणलाई तीव्र पारेको थियोे । जिल्ला स्वास्थ्य कार्यालय झापाको टोेलीले मेचीनगर —७ कोे प्यारीभिट्टामा ७८ जनाको थ्रोड स्वावको नमूना संकलन गरेको थियो ।

२९ साउनमा थ्रोड स्वावको नमूना संकलन पछि पीसीआर परीक्षणक लागि मेची अस्पताल भद्रपुरको प्रयोगशालामा पठाइएकोमा शुक्रबार ६८ जनाको रिपोट आएको र सवैको नेगेटिभ रिपोर्ट प्राप्त भएको नगरपालिकाले जनाएको छ । बाँकी १० जनाको रिपोट आउन बाँकी रहेको मेचीनगर सामाजिक विकास समिति संयोजक नबिन बरालले जानकारी दिनुभयो ।
स्थानीय २८ वर्षीय पुरुषमा कोभिड १९ को संक्रमण पुष्टि भएपछि कार्यालयका महामारी रोगका फोकलपर्सन जीवन चौैलागाईँको नेतृत्वमा रहेको जिल्लाकोे स्वास्थ्यकर्मीकोे टोली त्यसक्षेत्रमा ७८ जनाको थ्रोड स्वावको नमूना संकलन गरी परीक्षणक लागि मेची अस्पताल भद्रपुरको प्रयोगशालामा पठाइएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु