बिर्तामोडमा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा पृथ्वीनारायण शाहको शालिक अनावरण

2023-11-25 मा प्रकाशित

झापा । पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् । इकोम कलेज परिसरमा निर्माण भएको शालिक पूर्वराजा शाहले अनावरण गरेका हुन् ।

मेचीनगर धुलाबारीस्थित निम्जा खोलाबाट शाहको स्वागतमा राप्रपा कार्यकर्ताले मोटरसाइकल र्‍याली निकालेर बिर्तामोडसम्म पुगेका थिए । कार्यक्रमको तयारीलगायत कार्यको लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन १० दिनदेखि झापामा थिए ।

मेचीनगरबाट ठूलो संख्यामा मोटरसाइकल र्‍याली निकालिएको थियो । सहभागीलेहरुले राजा आउ देश बचाउ, सिंह दरबार खालीगर हाम्रा् राजा आउँदै छ लगायतका नाराबाजी गरेका थिए ।

पूर्वराजा शाह शुक्रबार झापा पुगेका हुन् । कार्यक्रमलाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा लिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु