मलेसियाबाट उद्दार गरिएका गोपालको पारिवारिक अवस्था बुझ्दै बुढाथोकी र डालमिया

2023-11-29 मा प्रकाशित

मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री बिश्व प्रकाश शर्माको पहलमा मलेसियाबाट उद्दार गरिएका मेचीनगर – ६ काँकरभिट्टाका गोपाल अधिकारीलाई बुधबार नेपाली काँग्रेसका क्षेत्रीय सभापति ईन्द्र बहादुर बुढाथोकी र विजय डालमियाले भेटेर उनको पारिवारिक अवस्थाको बारेमा जिज्ञासा राखेका छन् ।
१८ वर्ष अघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका गोपाल विगत ६ वर्षदेखि परिवारसंग सम्पर्क विहिन थिए । छोरा सम्पर्क बिहिन भएपछि छोराको खोजीमा बिभिन्न संघ संस्था तथा प्रहरी प्रशासन तथा नेता गुहारेकी आमा सानी अधिकारीले आफ्नो छोरा खोजी दिन पत्रकारलाई समेत गुहारे पछि गत भदौ ६ गते प्रेस क्वल मेचीनगरको कार्यालयमा पत्रकार सम्मेलन गरिएको थियो । पत्रकार सम्मेलन पछि बिभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भए । आमा सानी अधिकारी रुँदै छोरा खोजी दिन आग्रह गरेको भिडियो मेचीनगर अनलाइन तथा पत्रकार अर्जुन कार्कीले पोष्ट गरेपछि सो भिडियो सांसद शर्माले भेटेका थिए । सांसद शर्माले सो भिडियो मलेसियामा रहेको नेपाली जनसम्पर्क समिति र त्यहाँको नेपाली राजदूतावासमा पठाएर गोपालको खोजीमा लाग्न अनुरोध गरेका थिए । सोही भिडियोको कारण गोपाल तत्काल भेटिएका थिए ।
करिव १३ वर्षसम्म मलेसियामा गैर कानूनी रुपमा बसेका गोपाललाई नेपाल फर्काउन शर्माले पहल गरेका थिए । भने मलेसियामा रहेको नेपाली जनसम्पर्क समितिको सक्रियता र त्यहाँको नेपाली राजदूतावासको सहयोगमा गोपालको सकुशल उद्धार गरिएको थियो । उनी शनिवार घर आइपुगेका थिए । १८ वर्ष पछि छोरा घर आउँदा आमा सानी का साथै सिंगो गाउँमा खुसी छाएको थियो ।
आर्थिक अवस्था कमजोर रहेको अघिकारी परिवारको विषयमा हाल खवर बुभ्mन पुगेका बुढाथोकी र डालमियाले निराश नहुन र उच्च मनोवल बनाउन सुझाव दिएका छन् । भाइ गोपाल तपाई केही गर्न सकिएन भनेर निराश नबन्नु होस् । सँधै उच्च मनोवल बनाउनु होस् । बुढाथोकीले भने, आगामी दिनमा यही काम गर्ने सोच बनाउनु होस आमा र परिवारलाई साहाराको खाँचो छ ।’ उनले कस्तो काममा रुची छ भनेर गोपाललाई सोधेका थिए ।
विदेश गएर आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने सोच राखेका थुप्रै थुप्रै यूवाहरू भनेजस्तो काम र दाम नपाएर निराश भएर फर्किएकाछन्, अभियानका अभियान्ता एवम् उधोगी ब्यवसायी विजय डालमिया भने,‘ तिनीहरुलाई समेत स्वेशमै बसी केही गरौंं र गर्न सकिन्छ भन्ने सकारात्मक सोचको संदेश समेत प्रवाह गर्न तपाई उच्च मनोवल लिएर काम गर्नुहोस अनी तपाईको सीप अनुसारको उचीत काम र स्थानको खोजी गर्न हामी सहयोग पु¥याउँने छौं ।’

सम्वन्धित समाचारहरु