मेचीनगर ८ मा आगलागी हुँदा ग्वाली र पराल जलेर नष्ट

2023-11-30 मा प्रकाशित

मेचीनगर । मेचीनगर ८ स्थित प्रगतीशिल टोलमा आगलागी हुँदा एउटा ग्वाली जलेर नष्ट हुनुका साथै एक बिगहा जग्गाको पराल समेत जलेर नष्ट भएको छ । स्थानीय कुञ्जनमणी धमलाको ग्वालीमा आगलागी हुँदा ग्लावीसंगै गाई बस्तुलाई खुवाउन राखिएको पराल समेत जलेर नस्ट भएको हो ।

धानको घुस्यान जलाएर नष्ट पार्ने क्रममा आगो अनियन्त्रीत भइ ग्वालीमा आगजनी भएको स्थानीय आज दिउँसो स्थानीय प्रगतीशिल टोल विकास संस्थाका सचिव सुरेश भट्टराईले जानकारी दिए । उनले आगलागी नियन्त्रणमा लिन दमकलसंगै स्थानीयले उल्लेख्य भूमिका निर्वाह गरेको बताए । उनले मेचीनगर नगरपालिकाको दमकल समयमा आउँदा आगोले मानवीय तथा अन्य धनमालमा क्षती पुर्याउन बाट जोगिएको उनले बताए । आगलागी नियन्त्रण गर्न मेचीनगरका दुईवटा दमकलसंगै विर्तामोडबाट समेत एउटा दमकल मगाइएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु