नेपाल फ्रेट फरवार्डर्स एशोसिएसनको टोली काँकरभिट्टामा

2023-12-05 मा प्रकाशित

काँकरभिट्टा । अन्र्तराष्ट्रिय ब्यापार सहजीकरण गर्ने उदेश्यले स्थापना भएको नेपाल फ्रेट फरवार्डर्स एशोसिएसनले भारत–नेपाल नाका काँकरभिट्टाको अनुगमन गरेको छ ।

ब्यापार घाटा भइरहेको अवस्थामा अन्य मुलुकसँग आयत निर्यातको सहजीकरण गर्ने र स्थानीय बजारलाई चलायनमान बनाउने अनुगमनमा आएको टोलीले जनाएको छ ।

एशोसिएशनको टोलीले मंगलबार  काँकरभिट्टामा पत्रकार भेटघाटको आयोजना गरी संस्थाको योजनाका बारेमा जानकारी दिएको हो ।

टोलीले नाकाको प्रवर्धन गर्ने, समस्या भएका नाका परिवर्तन गरी आयत तथा निर्यातमा सहजीकरण गर्ने एशोसिएशन अध्यक्ष मनोज अधिकारीले जानकारी दिए । उनले ब्यापार घाटा घटाउन राज्यले नयाँ योजना ल्याउन आवश्यक रहेको समेत बताए ।

एशोसिएशनको टोलीले काँकरभिट्टा नाकासहित बंगलादेशको फुलबारी नाका, भारतको कलकत्तास्थित बन्दरगालगायतका नाकाको अध्ययन तथा अनुगमन गर्ने एशोसिएशनका प्रशासनिक प्रमुख बिक्रम गजुरेलले जानकारी दिए ।

नाका अध्ययन तथा अनुगमन टोलीमा एशोशिएसनका अध्यक्ष अधिकारी, बरिष्ठ उपाध्यक्ष राजेन्द्र संग्रौला, उपाध्यक्ष नरेशकुमार अग्रवाल, सचिव इश्वरबहादुर गुरुङ, कोषाध्यक्ष हरिप्रसाद ढकाल, सह–कोषाध्यक्ष सुजनकुमार न्यौपाने, कार्यसमिति सदस्य सञ्जिब अर्याल, सिता अधिकारी, गोपालबहादुर राय, गंगाराम पुडासैनीलगायत रहेका छन् ।

पत्रकार भेटघाट कार्यक्रममा मेची भञ्सार कार्यालय काँकरभिट्टाका कार्यबहाक प्रमुख गणपति कँडेल, भञ्सार एजेन्ट शंकर थापालगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु