लाल भागिरथा बानियाँ प्रतिष्ठानद्वारा तीन प्रतिभा सम्मानित

2023-12-06 मा प्रकाशित

मेचीनगर । लाल भागिरथा बानियाँ प्रतिष्ठान मेचीनगरले बुधबार तीन प्रतिभालाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । प्रतिष्ठानले पाँचौं वार्षिक उत्सव तथा भवन उद्घाटनको अवसर पारेर तीन प्रतिभालाई सम्मान सहित पुरस्कार वितरण गरेको हो ।
मेचीनगर – ११ धाइजन स्थित प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै मेचीनगर–१४ घर भइ हाल बीपी कोइराला विज्ञान प्रष्ठिानमा कार्यरत प्राध्यापक डाक्टर सञ्जीव शर्मालाई सम्मान गरेको छ । प्रतिष्ठानले उत्कृष्ट कृषक सम्मान मेचीनगर –५ जागरण टोलका बद्धिकुमार राउतलाई र असल गृहिणी सम्मान बिर्तामोड –४ की हिमा लुईँटेललाई प्रदान गरेको छ । सो अवसरमा एक दम्पतीलाई समेत नगद १० हजार सहित फूलमाला र टिका लगाएर सम्मान गरिएको थियो ।
लाल भगिरथा बानियाँ प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँको सभापतित्व तथा सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सम्मानित तीनै जना प्रतिभाहरुलाई प्रमुख अतिथि घिमिरेले ३३ हजार नगद सहित दोसल्ला ओढाएर सम्मान पत्रद्धारा सम्मान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि भिमिरेले संविधानले निदृष्ट गरेको समाजबादको नीति अनुसार समाज बनाउन उदाहरणिय काम गर्नेलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए् ।
प्रतिष्ठानले समाजमा उत्कृष्ट घोषणा भएका ब्यक्तीलाई सम्मान गरेकोप्रती संस्थाको प्रशंसा गर्दै भने, सभ्य समाज निर्माणका लागि परिवारमा योगदान पुर्याउने, स्वास्थ्य–संस्कृतीको बिकास तथा स्वच्छ कृषि उत्पादन गर्न प्रेरित गर्ने गृहेणी, डाक्टर र कृषकलाई प्रोत्साहन गर्नुले संस्थाको गरीमा उच्च बनाएको बताए ।
कार्यक्रमको अवसरमा प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले संस्थाको वार्षिक आय ब्यय तथा आगामी कार्ययोजनाका बारेमा प्रकाश पारेका थिए । अध्यक्ष बानियाँले आफ्ना स्व. बुबा लाल बहादर र आमा भागिरथाको स्मृतिमा स्थापति लालभगिरथा प्रतिष्ठानले समाजमा हरेक क्षेत्रलाई प्रोत्साहित गर्दै समाज रुपान्तरणमा सहयोग पुर्याउने बताए । उनले समाजमा असल संस्कारको विकास गर्न समेत प्रतिष्ठानले योगदान पुर्याउने बताए ।
कार्यक्रममा मेचीनगरका उपप्रमुख मिना उप्रेती पोख्रेल, सम्मानित ब्यक्ती प्राचार्य डा. सन्जिब शर्मा, नेकपा एमालेका केन्द्रिय सदस्य बिष्णु प्रसाईंलगायतले बोलेका थिए । आशा बानियाँ उप्रेतीले स्वागत गरेको कार्यक्रमको सञ्चालन डम्बर देउजाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु