समाजमा बिद्यमान हानिकारक अभ्यासका बारेमा अन्तरक्रिया

2023-12-06 मा प्रकाशित

मेचीनगर । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्रगत आज मेचीनगर नगरपालिकामा सामाजिक विभेद तथा हिंसा न्यूनीकरणका विषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।
राष्ट्रिय महिला आयोगको आयोजनामा आयोजित कार्यक्रममा समाजमा बिद्यमान हानिकारक अभ्यास ,बालबिवाह,बहुबिवाह, जातीय छुवाछूत ,दाइजो प्रथाले समाजमा निम्त्याएको भयावह अवस्थाको बारेमा छलफल भएकोे हो ।
महिला आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले परम्परागत रुपमा रहेको पितृ सत्ता वर्तमान कानून भन्दा बलियो रहेकाले त्यसलाई नभत्काई महिला हिंसा अन्त्य नहुने बताइन ।
महिला आयोगको आयोजना तथा मेचीनगर नगरपालिकाको संयोजनमा सम्पन्न समाजमा विद्यमान हानिकारक अभ्यास विरुद्धको अभियान कार्यक्रममा बोल्दै आयुक्त खतिवडाले भनिन् ‘हाम्रो समाजमा रहेको पितृ सत्ता अहिलेको कानून भन्दा बलियो छ, त्यसलाई भत्काउनु पर्छ अनि मात्रै महिलाले सम्मानका साथ बाँच्न पाउँछन ।’ पीडामा परेका महिलालाई कानूनी लडाई लड्न महिला आयोगले सहयोग गर्ने आयुक्त खतिवडाको भनाई थियो ।
कार्यक्रममा मेचीनगर नगरपालिका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले महिला हिंसा न्यूनिकरणका लागि नगरपालिकाको क्षेत्राधिकार भित्र रहेर आवश्यक कानून निर्माण गर्ने बताए ।
नगरप्रमुख बुढाथोकीले कार्यक्रममा बोल्ने क्रममा महिलाको बिवाह गर्ने उमेर २० बर्षबाट घटाउने गरी कानून संशोधन गर्नु पर्ने धारणा समेत राखेका थिए । कार्यक्रममा मेचीनगर उपप्रमुख मिना उप्रेती, झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल, झापाका प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मी लगायतले सबैखाले हिंसा अन्त्यका लागि घरबाटै अभियान चलाउनु पर्ने बताएका थिए । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले झापाको हिंसाको अवस्थाका बारेमा प्रस्तुती गर्नु भएको कार्यक्रममा सहभागि अधिकारकर्मीहर संगिता थापा, गोबिन्द घिमिरे, बिटु गुरुङ, अम्बिका भण्डारी, सन्तोस प्रसाई, डम्बर बहादुर वन, कुन्दन निरौला लगायतले विभिन्न विषयमा महिला आयोगको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा मेचीनगर उपप्रमुख मिना उप्रेती, झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल, झापाका प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मी लगायतले सबैखाले हिंसा अन्त्यका लागि घरबाटै अभियान चलाउनु पर्ने बताएका थिए । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले झापाको हिंसाको अवस्थाका बारेमा प्रस्तुती गर्नु भएको कार्यक्रममा सहभागि अधिकारकर्मीहर संगिता थापा, गोबिन्द घिमिरे, बिटु गुरुङ, अम्बिका भण्डारी, सन्तोस प्रसाई, डम्बर बहादुर वन, कुन्दन निरौला लगायतले विभिन्न विषयमा महिला आयोगको ध्यानाकर्षण गराएका थिए । महिला आयोग सदस्य खतिवडाको अध्यक्षतामा भएको कार्यक्रम श्रीभद्र गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।
महिला आयोग सदस्य खतिवडाको अध्यक्षतामा भएको कार्यक्रम श्रीभद्र गौतमले सञ्चालनमा गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु