मेचीनगर लेडि जेसीजको अध्यक्षमा पवित्रा

2023-12-09 मा प्रकाशित

धुलाबारी। मेचिनगर लेडि जेसीजको शनिवार सम्पन्न दशौं बार्षिक साधारण सभाबाट बर्ष २०२४ का लागि अध्यक्षमा पवित्रा बिमली प्रसाइ चयन भएकी छन् ।
समितिको कार्यकारिणी उपाध्यक्षमा शकुन्तला ढकाल र एलिशा बुढाथोकी रिजाल चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरूमा शर्मिला तिम्सिना, सुनिता कोइराला, गिता पौडेल र लक्ष्मी कोइराला सर्वसम्मत चयन भएका छन् ।

जेसीजको विधान अनुसार महासचिव, कोषाध्यक्ष, कानूनी सल्लाहाकार लगायतका पदहरू अध्यक्षले मनोनित गर्ने व्यवस्था छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु