जनप्रिय सहकारीको साधारण सभामा सम्मान

2023-12-11 मा प्रकाशित

मेचीनगर । मेचीनगरको धुलाबारीमा मुख्य कार्यालय रहेको जनप्रिय बचत तथा ऋण सहकाारी संस्थाको १४ औं वार्षिक साधारण सभा तथा माइन्यूट प्रमाणिकरण सभा सोमबार सम्पन्न भएको छ ।

मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष बीपी भट्टराईले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि भट्टराईले २० लाख भन्दा कम ऋण लिने ऋणीको ऋण मिनाहा हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् । केही व्याक्तीहरुले सहकारीलाई ध्वस्तपार्न अभियान छेडेका छन् । उनले, भने, हरेक व्यक्तिले दुःख गरेर बचाएको पैसा सहकारीमा जम्मा गरेका छन् । त्यही पैसा सहकारीले सदस्यालाई ऋणमा दिएको हुन्छ । कसैले गुन्द्रुक र मकै बेचेर बचत गरेको पैसा ठेला र सिटि कुदाएर बचाएको पैसा कसले मायामार्न सक्छ ।  सहकारीको मर्म र भावनालाई बुझेर सदस्यहरु आफ्नो सहकारी मजबुत बनाउन तर्फ लाग्नुपर्ने उनको सुझाव थियो । उनले ऋण तिर्नु पर्दैन भनि गरिएको अर्नगल हल्लाको पछि नलाग्न समेत आग्रह गरे।


कार्यक्रममा राष्ट्रिय सहकारी बैंक धुलाबारी शाखाकी शाखा प्रमुख मुना घिमिरेले सहकारीका सुचकहरुको बारेमा जानकारी गराइन्। उनले केही सहकारीका सञ्चालकहरुको गलत प्रवृतिका कारण समग्र सहकारीलाई बदनामा बनाउन खोजिएको बताउँदै आफ्नो सहकारीको अवस्था के छ सदस्यहरुले चासोका साथ अध्यन गर्नु पर्ने र हल्लाका पछि लाग्न नहुने बताइन् ।

कार्यक्रममा सहकारी संस्थाका पूर्व अध्यक्ष चुडामणि बराल, संस्थापक अध्यक्ष चन्द्रकुमार भट्टराई लगायतले बोलेका थिए ।
सहकारीका अध्यक्ष पशुपति नेपालको अध्यक्षतामा भएको कार्यक्रममा असल बचत कर्ता शारदा श्रेष्ठ र मदन कंडेल, उत्कृष्ट ऋणी तर्फ अनिता पराजुली र हरिकुमार गिरीलाई सम्मन गरिएको थियो । सोही अवसरमा ज्येष्ठ नागरिक फडिन्द्रमणी पोख्रेललाई समेत सम्मान गरिएको छ ।
सो अवसरमा संस्थाका अध्यक्ष पशुपति नेपालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
तीन हजार चाार सय ४५ जना शेयर सदस्य रहेको सहकारीमा संस्थाको शेयर पुँजी १ करोड १५ लाख २८ हजार ५०० र जगेडाकोष १ करोड १७ लाख ९ हजार ६८३ रुपैयाँ रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा लेखा प्रतिवेदन लेखा संयोजक डिल्लीराम खानलले गरेका थिए ।
सहकाारीका उपाध्यक्ष सुभास गुरुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव गंगाबहादुर मगरले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु