झापा नेशनल सँगै पारिजात र दुर्गा आवासीय बने सर्वाेत्कृष्ट

2023-12-12 मा प्रकाशित

मेचीनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल मेचीनगरको सोमबारबाट सुरु भएको नगर स्तरीय साँस्कृतिक कार्यक्रममा मेचीनगरका तीन वटा विद्यालयले मोडल नृत्य तथा गायन विद्यामा सर्बाेत्कृष्ट स्थान हासिल गर्न सफल भएका छन् ।
‘लोक संस्कृतिको खोज, अनुसन्धान र अभ्यास, सहित संरक्षण विद्यार्थी र विद्यालयको अभियान’ भन्ने मूल नाराका साथ सोमबारबाट सुरु भएको प्रतियोगितामा नगरका ३५ विद्यालय मध्ये २६ वटा विद्यालयले सहभागिता जनाएर लोक संस्कृति झल्कने रोचक नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।
बाहुनडाँगी स्थित सामुदायिक भवनमा आयोजित पहिलो दिन भएको प्रतियोगितामा मेचीनगर – ७ स्थित झापा नेशनल अंग्रजी माविले जुनियर लेवलको मोडल डान्समा सर्वाेत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ ।
प्रतियोगितामा फरक प्रस्तुति दिँदै झापा नेशनलले सर्वाेत्कृष्ट स्थान हासिल गर्न सफल भएको विद्यालयका विद्यालयका कोअर्डिनेटर अनुप कुमार सुवेदी जानकारी दिए । अघिल्लो वर्ष भएको कार्यक्रममा समेत झापा नेशनल स्कूल साँस्कृति नृत्यमा मेचीनगर तथा जिल्ला स्तरीय कार्यक्रममा समेत प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।
त्यसैगरी १२ वर्ष मुनीका विद्यार्थीहरुको गायन प्रतियोगितामा दुर्गा आवसीय विद्यालय धाइजन र १२ वर्ष माथिका विद्यार्थीहरुको गायन प्रतियोगितामा पारिजात पब्लिक स्कूल समेत सर्वाेत्कृष्ट स्थान हासिल गर्न सफल भएका छन् । नृत्य तथा गायन विद्यामा सर्वोत्कृष्ट स्थान हासिल गरे सँगै यी तीनवटै विद्यालय आगामी आगामी पुष २ गते दमकमा  हुने  जिल्ला स्तरीय कार्यक्रममा सहभागिहुने निश्चित भएको छ ।
प्याब्सन मेचीनगरका अध्यक्ष डम्बर रुचालको सभापतित्व तथा मेचीनगर शिक्षा शाखा प्रमुख होम भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि भण्डारीले साँस्कृतिक कार्यक्रम विद्यार्थीको प्रतिभा देखाउने एउटा उत्सवका रुपमा स्थापित हुँदै गएको बताए । उनले कुन विद्यार्थी के विषयमा रुची राख्छ, उसको अभिरुचीलाई ख्याल गरेर अघि बढने वातवरण सिर्जना गर्न अभिभावक तथा शिक्षकहरुलाई आग्रह समेत गरे ।
कार्यक्रममा मेचीनगर वडा नं ४ का वडाध्यक्ष अर्जुन कार्कीले निजी विद्यालयहरुले शिक्षासँगै अतिरिक्त क्रियाकलापलाई महत्वका साथ अघिबढाएर विद्यार्थीको सर्वाङगिण विकासमा महत्वपूर्ण भूमिका निर्वाहगरिरहेको बताए ।
सो अवसरमा पूर्वाञ्चल स्कूलका संस्थापक लीलामणि राईलाई सम्मान गरिएको थियो

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु