लोकतन्त्र पोस्टका सम्पादक मोहन काजीलाई भ्रातृशोक

2020-08-24 मा प्रकाशित

इटहरी, ८ भदौ ।लोकतन्त्र पोस्टका सम्पादक मोहन काजीलाई भ्रातृशोक परेको छ । इटहरी–१९ तरहराका ४८ वर्षीय नरेन्द्रबहादुर न्यौपानेको कतारमा आइतबार मृत्यु भएको हो ।
सम्पादक काजीका माइला दाजु नरेन्द्र वैदेशिक रोजगारीको सिलसिलामा कतारको ‘सर्कल कतार’ कम्पनीमा कार्यरत थिए ।

पारिवारिक स्रोतका अनुसार उच्च रक्तचापका कारण कोठामै बेहोश भएपछि उनलाई उपचारका लागि दोहाको हमिद हस्पिटलमा शनिवार भर्ना गरिएको थियो ।

चिकित्सकहरुले उपचारकै क्रममा आइतवार विहान उनको असामयिक मृत्यु भएको जानकारी गराएका थिए ।
स्व। नरेन्द्रका पत्नी भीमादेवी न्यौपाने, एक छोरा गणेश र चार छोरीहरु अम्बिका, देबी, भगिमाया र अनुसा छन् ।
दुई वर्ष अघि कतार गएका नरेन्द्र वैशाखमै स्वदेश फर्कने तयारीमा थिए । हवाई टिकट समेत लिइसकेका उनी कोरोना महामारीले हवाई उडान बन्द भएपछि रोकिएका थिए ।
दोहाको हमिद अस्पतालमा रहेको शब नेपाल ल्याउनका लागि प्रयास भइरहेको छ ।
एनआरएन कतारका पूर्व अध्यक्ष नविन पोखरेलले कोरोना महामारीको विषम परिस्थितिमा शब ल्याउनका लागि कतारस्थित नेपाली राजदूताबास, रोजगारदाता कम्पनी र त्यहाँको प्रहरी निकायसँग सहजिकरण भइरहेको बताएका छन् ।
नेपालको अन्तर्राष्ट्रिय उडान खोलेको पहिलो दिन नै शब नेपाल ल्याउने सम्भावना रहेको पोखरेलले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु