अखिल नेपाल जनसांस्कृतिक महासंघ मेची ब्युरोको अध्यक्षमा हुकुम सी

2023-12-14 मा प्रकाशित

झापा । नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन अखिल नेपाल जनसांस्कृतिक महासंघको मेची ब्युरो अध्यक्षमा हुकुम सी चयन भएका छन्,।

आज भएको मेची ब्युरोको भेलाले हुकुम सी को नेतृत्वमा १० सदस्यीय ब्युरो कमिटी सदस्य निर्माण गरेको छ। पार्टीका स्थाई समिति सदस्य अनिल विरहीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशेष अतिथिका रुपमा जनसांस्कृतिक महासंघकि केन्द्रीय उपाध्यक्ष सोभा दुलालको उपस्थिति रहेको थियोे । त्यस्तै अतिथिहरुमा पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य होम सी पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सी, झापा इन्चार्ज प्रशान्त सी, पाँचथर इन्चार्ज सन्तोष सी पश्चिम झापा इन्चार्ज सञ्जय सी लगायतको उपस्थिति रहेको थियोे ।

भेलामा शुभकामना मन्तव्य राख्दै महासंघकि केन्द्रीय उपाध्यक्ष सोभा दुलालले समाजवादी अभियान मा जनसांस्कृतिक महासंघ सँगै रहेकाले हातमा हात मिलाएर अगाडि बढे परिवर्तन सम्भावना रहेको बताइन् ,।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि अनिल सीले हरेक तह र तप्काबाट सबैलाई समेट्ने छाता संगठनका रुपमा अखिल नेपाल जनसांस्कृतिक महासंघ रहेको बताए । साहित्य कला क्षेत्र देखि लिएर सबै क्षेत्रका व्यक्तिहरुलाई समेटेर अगाडि बढे मात्रै क्रान्ति सम्भव रहेको समेत उनले बताए ।

भेलाले हुकुम सीको अध्यक्षतामा मेची ब्युरो समिति बनाएको हो । त्यस्तै उपाध्यक्षमा मदन सी, सचिवमा गोपी सी र कोषाध्यक्षमा रोशनी सी रहेका छन्,।
सदस्यहरुमा विज्ञान सी, दिनेश सी, सागर सी, डीपी सी, कुमार सीर अनुकरण सी चयन भएका छन्,। भेलाले विभागिय प्रमुखका रुपमा
सामना परिवार तर्फ मदन सी र लेखक साहित्यकार तर्फ हुकम सी लाई जिम्मेवारी सुम्पँदै थप शाखा विस्तार गर्दै जाने बताएको छ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु