महेन्द्रद्वार सहकारीको ३४ औं वार्षिक साधारण सभा सम्पन्न

2023-12-15 मा प्रकाशित

काँकरभिट्टा । मेचीनगर ६ स्थित महेन्द्रद्वार सहकारी संस्थको ३४ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

संस्थाको सभाहलमा सम्पन्न बार्षिक साधारण सभाको औपचारिक रूपमा संविधान सभा सदस्य एवम् प्रमुख अतिथि लिलामणी पोखरेलले उद्घाटन गरेका थिए ।

संस्थाका अध्यक्ष राजकुमार दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा, खेलकुद, उत्कृष्ट बचत र ऋणीलाई सम्मान गरिएको छ ।

संस्थाका उपाध्यक्ष युद्वराज ओलीले स्वागत गरेको कार्यक्रम लेखा प्रतिवेदन संयोजक रमेश दाहालले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्थानिय संघ संस्था, राजनितिक दल र संस्थाका शेयर सदस्यहरूको उपस्थित रहेको थियो ।

राजनीतिक दलकातर्फबाट डिल्लीराम घिमिरे र सहकारीकोतर्फबाट बिपी भट्टराईले मन्तव्य राखेका थिए ।

वार्षिक प्रतिवेदन अध्यक्ष दाहालले प्रस्तुत गरेका थिए भने सञ्चालन प्रकाश ढुङ्गानाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु