नेशनल प्याब्सन मेचीनगरको पद हस्तान्तरण कार्यक्रममा, शिक्षा सेवी अधिकारी सम्मानित

2023-12-21 मा प्रकाशित

मेचीनगर । नेशनल प्याब्सन मेचीनगरको पद हस्तान्तरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ । ऐन प्याब्सन मेचीनगरका अध्यक्ष भगिरथ राईको सभापतित्व तथा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले शिक्षामा प्रतिष्पर्धा आवश्यक रहेको बताएका छन् । गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिष्पर्धा आवश्यक छ, ’नगरप्रमुख बुढाथोकीले भने,‘आज हरेक व्याक्ति सचेत बनेको छ, आफ्नो छोराछोरीलाई गुणस्तरीय शिक्षा दिनुपर्छ भन्ने भावना सबै अभिभावकलाई छ । अव ३० दशक अघिको शिक्षा पद्धतिको काम छैन । अझै त्यही गतिमा सञ्चालित विद्यालय इतिहासमा सिमित हुन्छ ।’
उनले विद्यालयको गुणस्तर सुधार गर्नुको विकल्प नभएको बताए । नेपालमा ७३ वर्ष देखि विद्यालय शिक्षाको सुरुवात भएको स्मरण गर्दे प्रमुख अतिथि बुढाथोकीले भने,‘ ३० को दशममा पढ्नु पर्छ भन्ने संख्या खासै थिएन । विद्यालय जानकोलागि मात्र कतिपय विद्यालय जान्थे पढेर के हुन्छ ? त्यसतर्फ धेरैको चासो थिएन । आज सबैमा चेतना आएको छ । उनले निजी विद्यालयहरुले शिक्षा क्षेत्रमा पारेको सकारात्मक प्रभावका बारेमा समेत खुलेर प्रशंसा गरे ।
देशमा संघीयता आएपनि शिक्षामा संघीयता नआएको बताउँदै उनले भने,‘ शिक्षाको सुधारकोलागि थुप्रै काम गर्नु छ । संघीय कानून नबन्दा शिक्षामा नियमन हुन सकेको छैन, हामी नियमावली बनाएर शिक्षाको सुधारकोलागि अभियान थाल्ने छौं ।’


धुलाबारी स्थित होटल छाहारीमा आयोजित कार्यक्रममा नव निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिले पद तथा गोपनियताको सफल ग्रहण गराएको थियो । निर्वाचन संयोजक सञ्जीव राईले नवनिर्वाचित अध्यक्ष कविन्द्र श्रेष्ठलाई र अध्यक्ष श्रेष्ठले उपाध्यक्ष सहित सदस्यहरुलाई पद तथा गोपनियताको सफद ग्रहण गराएका थिए । सफद ग्रहणपछि निवर्तमान सचिव कविन्द्र श्रेष्ठले निर्वाचित सचिव जीवन भट्राईलाई माइन्यूट हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेती, नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, शिक्षक महासंघ मेचीनगरका अध्यक्ष केशव पौडेल, निर्वाचन समितिका संयोजक एवम् एन प्याब्सन केन्द्रिय सदस्य सञ्जीव राई, प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।


कार्यक्रमको अवसरमा शिक्षा सेवी सूर्याेदय माविका संस्थापक प्रिन्सिपल दिलिप अधिकारीलाई सम्मान गरिएको थियो । शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै अधिकारीलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
२०८० असोज २५ गते सम्पन्न नेशनल प्याब्सन मेचीनगरको अधिवेशनबाट अध्यक्ष पदमा कविन्द्र श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका थिए । समितिको उपाध्यक्षमा राजेश निरौला, सचिवमा जीवन कट्टेल, कोषाध्यक्षमा दिपेन्द्र प्रधान, सदस्यहरुमा शिव मैनाली, खेमराज थाम्सुहाङ्ग सर्वसम्मत निर्वाचित भएका थिए । समितिको पहिलो बैठकले तेजबहादुर रिजाललाई मनोनित गरेको थियो ।
पद स्तान्तरण पछि आयोजित कार्यक्रमको सभापतित्व नवनिर्वाचित अध्यक्ष कविन्द्र श्रेष्ठले गरेका थिए । भने सञ्चालन सचिव जीवन कट्टेलले गरे । सो अवसरमा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले संस्थाको गरिमा सँधेै उच्चो राख्ने प्रतिवद्धता जनाए ।
पहिलो चरणको कार्यक्रमको सञ्चालन कविन्द्र श्रेष्ठले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु