आदर्श माविमा ५० कोठाको भवन शिलान्यास

2023-12-22 मा प्रकाशित

मेचीनगर,६ पुस । मेचीनगर८, स्थित आदर्श माविमा ५० कोठाको भवन बन्ने भएको छ ।

निर्माण हुन लागेको सो विद्यालय भवनको आज एक कार्यक्रमकबीच मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले शिलान्यास गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि मेयर बुढाथोकीले मेचीनगर नगरपालिकाको सिफारिस तथा विशेष योजना अन्तर्गत नै आदर्श माविले अनुदान प्राप्त गरेको बताए ।

उनले भवन निर्माणका लागि ठेक्का लगाउनेदेखि निर्माण सम्पन्न अवधिभर सम्पूर्ण व्यवस्थापन नगरपालिकाले गर्ने बताए ।

कार्यक्रममा उपमेयर मीना पोखरेल उप्रेती, पूर्व मेयर विमल आचार्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत एवम् शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, नगरका सामाजिक विकास शाखा प्रमुख ह्दय राजवंशी, भौतिक पूर्वाधार शाखा प्रमुृख चित्रा धिमाल, मेचीनगर(८ का वडाध्यक्ष गिरीराज धमला, जनप्रतिनिधि, पूर्व व्यवस्थापन समितिका पदाधिकारी, पूर्व प्रअ, छिमेकी विद्यालयका प्रअ, सञ्चारकर्मी, अभिभावक, शिक्षक, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

सो भवन निर्माणका लागि कुल ६ करोेड ९ लाख रुपैयाँ बजेट विद्यालयले प्राप्त गरेको छ ।

संघीय सरकारबाट प्राप्त विशेष अनुदान तथा मेचीनगर नगरपालिकाको योजनाअन्तर्गत पहिलो चरणमा ८ कोठाको सुविधायुक्त भवन बनिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर खड्काले जानकारी दिए ।

यो आर्थिक वर्षका लागि पहिलो चरणमा एक करोड १५ लाख रुपैयाँ बजेट निकासा भएर ठेक्का लागेसँगै भवन शिलान्यास भएको शिक्षक अभिभावक संघका अध्यक्ष भोलानाथ तिम्सिनाले बताए ।

यस विद्यालयले भर्खरै शैक्षिक गुणस्तर मापन केन्द्र ९इआरो०मा देशकै ११ औँ र कोशी प्रदेशमा दोस्रो स्थान हासिल गर्न सफल भएको खड्काले बताए ।

झवि।सं। २०२५ सालमा स्थापना भएको यस विद्यालय अहिले सम्म झुप्रोमा पढाइ भईरहेको थियोञ खड्काले भने(झअब यो बजेट आएसँगै सुविधा सम्पन्न भवनमा विद्यार्थीहरूले पठनपाठन गर्न पाउने भए ।ञ

उत्कृष्ट स्थान प्राप्त गरिरहेको विद्यालयलाई अब भवनको अभाव हट्ने विद्यालयका प्रधानाध्यापक कृष्ण पुरीको दावी छ ।

झयो वर्ष ४र४ कोठाको दुईतले भवन बन्नेछ । अर्को वर्ष २४ कोठा हुँदै वार्षिक क्रमिक रुपमा तीन वर्षभित्र करिव ५० कोठाको अत्याधुनिक भवन निर्माण हुनेछ’, उनले भने ।

व्यवस्थापन समिति अध्यक्ष पूर्णबहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत एवम् कार्यक्रमको औचित्यमाथि प्रकाश प्रअ पुरीले र सञ्चालन शिक्षक लम्बोदर पौडेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु