नेपाल सुख्खा बन्दरगाह श्रमिक संघ कँकरभिट्टा इकाईको अध्यक्षमा : भट्राई

2023-12-23 मा प्रकाशित

मेचीनगर । नेपाली काँग्रेसका कोशी प्रदेश सदस्य तथा मेचीनगरपालिकाका निवर्तमान नगर प्रमुख बिमल आचार्यले पूर्वी नाकाको अवस्था कमजोर बन्दा भन्सार क्षेत्रमा कार्यरत मजदुरहरुको अवस्था दयनीय बन्दै गएको बताएका छन् ।
नेपाल सुख्खा बन्दरगाह श्रमिक संघ काँकरभिट्टा इकाईको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि आचार्यले सो कुरा बताएका हुन् ।
‘तीन वर्ष अघि करिव ७० करोडको लागतमा मेची पुल बन्दा काँकरभिट्टा बासी मात्र नभएर झापामै ठूलो उत्साह थियो । उनले भने, ‘पुलबनेपछि यहाँको व्यापार बढ्ला र रोजगारीको दिगो व्यवस्थाहोला भन्ने मजदुर र व्यवसायीहरुमा छाएको उत्साह निराशामा परिणत भएको छ । ’ खासगरी कोभिड पछि देशमा आर्थिक संकट सिर्जना भएका कारण व्यापार व्यवसाय र मजदुरहरुको अवस्था जटिल बन्दै गएको उनले बताए । पानी टेङ्की भन्सारमा ल्याप नहुँदा र भन्सार अब्ग्रेट नहुँदा पूर्वीनाकाबाट सामान भित्रीन कमि आएको छ । प्रमुख अतिथि आचार्यले मजदुरहरुको रोजगारी सुरक्षित गर्न व्यवसायी र भन्सार एजेन्टले समन्वयकारी भूमिका निर्वाह गर्नु पर्ने उनको भनाई थियो ।


कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, ने.वा.म.स केन्द्रिय सदस्य बसन्त तिवारी (बुद्ध), नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला अध्यक्ष प्रताव अधिकारी, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल, ढुवानी मजदुर टंक भारती लगायतले मजदुरका हक हित र सुरक्षामा सम्बन्धित निकायले ध्यान पुर्र्याउनु पर्ने धारणा राखेका थिए ।


अधिवेशनले विकास भट्टराईलाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । समितिको उपाध्यक्षमा रोशनलाल प्रधान, सचिवमा सुरज चिमरीया, सह सचिवमा राजकुमार दाहाल, कोषाध्यक्षमा भानुभक्त दाहाल सर्वसम्मत चयन भएका छन् । समितिको सदस्यमाहरुमा विमर्श श्रेष्ठ, हरिमाया चौहान, अनिकेत श्रेष्ठ, सुनिल यादव रमेश मल्लीक र मेधराज बस्नेत रहेका छन् ।
नेपाल सुख्खा बन्दरगाह श्रमिक संघका अध्यक्ष नरेन्द्र बहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेचीनगर ६ का वडाध्यक्ष ललित बहादुर तामाङ, नेपाली काग्रेस मेचीनगर सभापति सुवेश कुमार पनेरु, प्रकाश कन्दङवा लगायतको आतिथ्यता रहेको थियो ।
प्रदाद श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन विकाश भट्टराईले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु