आदर्श माविका पूर्व विद्यार्थीको पुर्नमिलन कार्यक्रम

2023-12-23 मा प्रकाशित

मेचीनगर । मेचीनगर ८ स्थित आदर्श माविमा पढेर २०५० ÷ ०५१ सालमा एस.एल.सी दिएका पूर्व विद्यार्थीहरुको पूर्नमिलन कार्यक्रम शनिबार धार्मिक तथा पर्यटकीय क्षेत्र पाताल गांगामा सम्पन्न भएको छ ।


विद्यालय छोडेको तीन दशक पछि भेट भएका उनीहरुको मुहारमा खुशीको सिमानै थिएन । पहिलो भेटमै कतिले अंकमाल गरेर खुशी साटासाट गरे, भने कतिलाई आफ्नै साथी चिन्न मुस्कील समेत भयो । हुन त एसएलसी दिएपछि छुटेका उनीहरु मध्ये कतिको भेट पहिलो पटक भएको थियो । भेटपछि सबै एकपटक परिचय कार्यक्रममा सहभागि बनेसँगै सबैको मानस पटलमा विगतले स्पर्श गरेको थियो । त्यसपछि उनीहरु सबै विद्यार्थी जीवनमा प्रवेश गर्न भ्याए । त्यही बाल्यकालको साथी हाँस्दै खेल्दै रमाउँदै पढेको त्यो अविस्मरणीय क्षणको सम्झनाले उनीहरुलाई तीन दशक अघिको जीवनमा फर्काएको थियो । स्कुले जीवनमा सारै रमाइलो हुन्थ्यो, हास्दै खेल्दै रमाउँदै र झगडा गर्दै पढ्थ्यांै आज मलाई त्यही बाल्यकालको याद आयो कार्यक्रममा सहभागि मेचीनगर –७ निवासी भिम खवासले उत्साहित हुँदै भने अव हरेक वर्ष भेटघाटको कार्यक्रम राख्नु पर्छ ।


कार्यक्रम संयोजनको भूमिका भिम खवास, राजकुमार ओली, राजकुमार बाँस्तोला, रमा .भण्डारी ढकाल लगायतले गरेका थिए । पूर्नमिलन कार्यक्रममा सहभागि उनीहरुले बनभोज कार्यक्रम समेत आयोजना गरेर रमाइलोगरी नाच्न समेत भ्याए । कार्यक्रममा झापा, इलाम , विराटनगर, पोखरा लगायत बिभिन्न ठाउँबाट पूर्व विद्यार्थीहरु कार्यक्रम सफल पार्न सहभागि बनेका थिए ।


तीन बर्ष अघिपनि यो ब्याचका विद्यार्थीले बनभोज कार्यक्रम आयोजना गरेर भेटघाट गर्न भ्याएका थिए । तर त्यस बेला थोरै संख्यामा सहभागि बनेका उनीहरु यस पटक भने धेरैतिरबाट जुट्न भ्याए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु