मेचीनगर ७ मा प्रथम जोरसिमल कप आजबाट सुरु, आयोजकको विजय सरुवात

2023-12-25 मा प्रकाशित

मेचीनगर, ९ पुस । मेचीनगर –७ मा आजबाट सूरु भएको प्रथम जोरसिमल कपमा आयोजक युवा क्लब जोरसिमलले मोहनकित्ता फुटबल क्लबलाई हराउँदै विजयी सुरुवात गरेको छ ।

आजदेखि सुरु प्रथम जोरसिमल कप–२०८० को पहिलो खेलमा मोहनकित्ता फुटबल क्लबलाई १–० गोलको अन्तरले हराउँदै युवा क्लब जोरसिमल विजयी भएको हो ।

जोरसिमलको तर्फबाट खेलको दोस्रो हाफको २० औँ मिनेटमा जर्सी नं. १२ का विकास दनुवारले १ गोल गरेर टिमलाई विजयी बनाउका थिए ।

आजको खेलको मेनअफदी म्याच युवा क्लब जोरसिमलका विकास दनुवारले प्राप्त गरेका थिए । खेलाडी दनुवारलाई सो मेनअफदी म्याच मेचीनगर नगरपालिका युवा परिषद् उपाध्यक्ष विवेक खवासले प्रदान गरेका थिए ।

कार्यक्रममा मेचीनगर नगरपालिका उपमेयर मीना पोखरेल उप्रेती प्रमुख आतिथ्यता रहेको थियो । प्रथम जोरसिमल कप उद्घाटन उपमेयर उप्रेतीले गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि उप्रेती, मेचीनगर–७ का वडाध्यक्ष प्रह्रलादमणि ओली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रथम जोरसिमल कपका संयोजक सञ्जय मेचेको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको स्वागत सदस्य रविनसन थापाले र सञ्चालन सदस्य अभिशेख रम्तेलले गरेका थिए ।

मेचीनगरका ११ वटा टिमले भाग लिएको प्रतियोगिता यहि पुस १६ गतेसम्म सञ्चालन हुनेछ । विजेता तथा उपविजेतालाई क्रमशः ३० हजार र २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको संयोजक मेचेले जानकारी दिए ।

मंगलबारको पहिलो खेल घोडाजिन र ब्रदर्श एफसी तथा दोस्रो खेल सालबारी र चारआली एफसीबीच प्रतिस्पर्धा हुने उनले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु