साहित्य चौतारीले राष्ट्रकवि माधवप्रसाद घिमिरे सम्मान पुरस्कार–२०७७ स्थापना गर्ने

2020-08-27 मा प्रकाशित

लक्ष्मी उप्रेती

मेचीनगर, ११ भदौ ÷ साहित्य चौतारी विर्तामोड झापाले राष्ट्रकवि माधवप्रसाद घिमिरे सम्मान पुरस्कार–२०७७ स्थापना गर्ने उक्त सम्मान पुरस्कारको अक्षयकोष राशी एक लाख एघार हजार एक सय एघार रुपैया राख्ने निर्णय गरेको छ ।
चौतारीको बुधबार सम्पन्न बैठकले राष्ट्रकवि घिमिरेले नेपाली साहित्यका लागि गर्नुभएको योगदानलाई उच्च सम्मान गर्दै उहा“का नाममा पुरस्कार–२०७७ स्थापना गर्ने निर्णय गरेको हो ।

साहित्य चौतारी उपाध्यक्ष कृष्ण सुवेदी निराकारको अध्यक्षता एवम् संरक्षकद्धय देवीभक्त श्रेष्ठ र उर्मिला श्रेष्ठको उपस्थिितीमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । साथै बैठकले ¬राष्ट्रकवि माधवप्रसाद घिमिरे, साहित्य चौतारी झापाका पूर्व कार्य समिति सदस्य साहित्यकार अमृतलाल श्रेष्ठ, समितिका सल्लाहकार सदस्य धु्रव पाठककी ममतामयी माता मनमाया पाठकप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले साहित्य चौतारी विर्तामोड झापालाई उद्घाटन गरी हरेक गतिविधिमा साहित्य चौतारीलाई प्राण प्रदान गर्नु हुने राष्ट्रकवि माधव प्रसाद घिमिरेको भदौं १३ गते १२ औं पुण्य तिथिमा श्रद्धाञ्जली सभ गर्ने निर्णय समेत गरेको छ । यसका लागि सरगम संगीतालय र गुरुकुल संगीत विद्यालयका विद्यार्थीहरुबाट राष्ट्रकविका सृजनाहरु मात्र वाचन तथा गायन गरिने, उपस्थित सम्पुर्णमा सामाजिक दुरी कायम गरी कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको छ ।
बैठकले साहित्य चौतारी झापा संस्था नविकरणका लागि स्थानीय निकायदेखि चन्द्रगढी गई संस्था नविकरण गर्ने सम्पुर्ण जिम्मेवारी साहित्य चौतारीका वर्तमान सदस्य देवीचरण भण्डारी र कुमार श्रेष्ठ ज्यूलाई कार्य सम्पादन गर्न अख्तियारी दिने, साहित्य चौतारी विर्तामोड झापाको संस्थाको आन्तरिक लेखा परीक्षण गरी महालेखा परीक्षणका लागि शिवाकोटी एण्ड कम्पनीका लेखा परीक्षक मोहन शिवाकोटीलाई लेखा परीक्षणको जिम्मेवारीमा नियुक्ती गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा देवीभक्त श्रेष्ठ (संचालक) उपाध्यक्षः– कृष्ण सुवेदी (निराकार), उपाध्यक्षः कृष्ण योञ्जन, उपाध्यक्षः हिक्मत नेम्बाङ, सचिवः दिलिप घिमिरे, सहसचिवः खगिन्द्रा खुसी, कोषाध्यक्षः भवानीप्रसाद गौतम, सदस्यहरुः दिपक रायमाझी, देवीचरण भण्डारी, कमला नेम्बाङ, बिमला चिमरिया, सेलीङ केसी, माधव कल्पित, हेमन्ता भण्डारी, सुनिता तामाङ तथा संस्थापक अध्यक्ष÷सल्लाहकार संयोजकः शिवशंकर थापाको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु