घृतकौशिक गोत्रीय प्रतिष्ठानद्धारा आयोजित सप्ताह ज्ञान महायज्ञ तथा बन्धु मलन कार्यक्रम सम्पन्न

2023-12-26 मा प्रकाशित

कनकाई । कोशी प्रदेशका सांसद राधकृष्ण खनालले धर्म संस्कार र संस्कृतिको संरक्षण र सम्बद्धनबाटै मानव जीवन सार्थक बन्ने र त्यो नै मानव जीवनको ठूलो सम्पत्ती भएको बताएका छन् । कनकाई स्थित घृतकौशिक गोत्रीय प्रतिष्ठानले आयोजना गरेको श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि सांसद खनालले मानव समाजलाई सहिबाटोमा डोर्र्याउने एक मात्र भरपर्दाे माध्यम धार्मिक जागरण भएको बताए । आज मानिसमा धनका कारण अहंकार र घमण्ड बढ्दै छ‘ उनले भने, ‘त्यो सबै मित्थ्या हो, मानिस मरेर जाँदा रित्तै जान्छ । उनले मानव जीवनलाई सार्थक बनाउन अहंकरलाई त्यागेर बाँचुञ्जेल सत्कर्ममा लाग्न सुझाव दिए ।
धर्मले मानव जीवनलाई सहिबाटोमा डोर्र्याउने बताएका सांसद खनालले घृतकौशिक गोत्रीय प्रतिष्ठानलाई प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
समापन कार्यक्रममा खनाल सेवा समितिका झापा अध्यक्ष तेजप्रसाद खनाल, बराल बंश प्रतिष्ठान कनकाईका अध्यक्ष खगेन्द्र प्रसाद बराल, घृत कोशिक गोत्रीय प्रतिष्ठानका सल्लाकार संयोजक बेदनिधी नेपाल, सुतारकार्की भद्रपुर शाखाका पूर्व अध्यक्ष पहलमान सुतार कार्की लगायतले शुभकामना मन्तब्य राखेका थिए ।


बिश्वभरी छरिएर रहेको घृतकौशिक गोत्रीय बन्धुहरुहरुलाई एकतृत गर्न तथा घृतकौशिक गोत्रीय अक्षयकोष स्थापना गर्ने उद्देश्यका साथ पौष ४ गतेदेखि प्रतिष्ठानले आयोजना गरेको पुराणको उद्घाटन् बिर्तामोड निवासी समाजसेवी लोकनाथ खनालले गरेका थिए । पुरान समापनको अवसरमा बिभिन्न दाताहरुले प्रतिष्ठानको लागि दिगो आम्दानीको श्रोत बनाउने संकल्प समेत गरेका छन् । उनीहरुले प्रतिष्ठानको उत्तर तर्फ ५ वटा सटर बनाईदिने उद्घोष गरेका हुन् । सटर बनेपछि प्रतिष्ठानले कोठा भाडामा लगाएर आम्दानीको श्रोत बनाउन सक्ने पराण आयोजक समितिका संयोजक तथा घृतकौशिक गोत्रीय प्रतिष्ठानका अध्यक्ष चन्द्र प्रसाद खनालले बताए । पुराणबाट संकलन भएको रकमबाट अक्षयकोष स्थापना गर्ने योजना रहेको महासचिव योगराज खनालले बताए ।
प्रतिष्ठानको दिगो आम्दानी बनाउनको लागि बराल बंश प्रतिष्ठान कनकाई, विर्तामोड निवासी समाजसेवी लोकनाथ खनाल, विर्तामोड – १ निवासी चन्द्र प्रसाद खनाल, मेचीनगर ६ निवासी खेमराज खनालले १÷१ वटा कोठा बनाइदिने उद्रघोष गरेका छन् ।
पुराण समापनको अवसरमा बन्धुमिलन कार्यक्रम गोठधुप र ब्रतवन्ध समेत आयोजना गरिएको थियो । प्रतिष्ठानले आजबाट अखण्ड दिप बालेको उद्घोष समेत गरेको छ । आजबाट कुलको दिप हामीले बाल्यौं । अव यो कहिल्यै निभ्ने छैन निष्ठापूर्वक पूजा अर्चना गरेर प्रतिष्ठानको प्रभावलाई बलियो बनाउने छौं । पुराणका मुख्यबाचक व्यासाचार्य पं. घनश्याम खनालले भने ।
प्रतिष्ठानका अध्यक्ष चन्द्र प्रसाद खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष भिमप्रसाद नेपालले गरेका थिए भने सञ्चालन महासचिव योगराज खनालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु