मेचीनगरद्धारा शिक्षक, पूर्व कर्मचारी, विद्यार्थी सहित दर्जनौं सम्मानित

2023-12-27 मा प्रकाशित

मेचीनगर । मेचीनगरपालिकाले बुधबार नगर क्षेत्रमा रहेका निजी तथा सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थी, पेशामा कार्यरत उत्कृष्ट शिक्षक, सेवा निवृत्त शिक्षक, कर्मचारी, बाल क्लव, स्काउट र बिभिन्न संघ संस्थालाई सम्मान गरेको छ ।
मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक हृदय राजवंशीको सभापतित्व तथा मेचीनगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेतीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले मेची नगरपालिका देशमै जनसंख्या र भूगोलको आधारमा ठूलो नगरपालिका भएको बताउँदै पूर्ण रुपमा विकासले गति लिन समय लाग्ने बताइन् । हाम्रो आवश्यक्ता असिमित छन् तर साधन र श्रोत सिमित भएकोले एकै चोटी विकासमा फड्को मार्न कठिन भएको उनको भनाई थियो ।
मेचीनगर शिक्षा शाखाले आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रलाई सम्बोधन गर्दै कार्यक्रमकी प्रमुख अतिथि उपे्रतीले सो कुरा बताएकी हुन् । २०७४ सालमा स्थानीय निकाय, स्थानीय तहमा रुपान्तरित भएपनि शिक्षा क्षेत्र अझैपनि स्थानीय तहमा आउन नसक्दा शिक्षाले फड्को मार्न नसकेको स्वीकार गरेकी छिन् ।
शिक्षा क्षेत्र अझै स्थानीय तहमा आउन सकेको छैन, उपप्रमुख उप्रेतीले भनिन्,‘शिक्षालाई ब्यवस्थित गर्न हामी प्रयत्नरत छौं । धेरै कुराको लागि अझै संघमा सम्बाद गर्नु परेको अवस्था छ । उनले स्थानीय तहले विद्यालय अनुगमन शिक्षा सुधारका काम र कमजोर सामुदायिक विद्यालयको स्तरउन्नतीको काम भइरहेको दावी समेत गरिन् ।
नगरको आन्तरी श्रोत १० करोड छ तर चालु खर्च २४ करोड छ अनि कसरी विकासले तिव्रता पाउँछ उनले नगरपालिका आर्थिक रुपमा कमजोर रहेको बताउँदै करको दायरा बढाएर २५ करोड आन्तरीक श्रोत बृद्धि गर्ने नगरको योजना रहेको समेत बताइन ।


सामुदायिक र निजी विद्यालय मेचीनगरपालिकाको सम्पत्ती भएको बताउँदै उनले नगरका सबै विद्यालयलाई नगरपालिकाले समान व्यवहार गर्ने बताइन् ।
कोभिड १९ को अवस्थामा मेचीनगरको स्वास्थ्य अवस्था चित्रण भएको र त्यसपछि स्वास्थ्यको क्षेत्रमा धेरै सुधार भएको उनको भनाइ थियो ।
कार्यक्रममा मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, मेचीनगर ६ का वडाध्यक्ष ललित बहादुर तामाङ, निजी विद्यालयका तर्फबाट प्याब्सन मेचीनगरका अध्यक्ष डम्बर रुचाल, शिक्षक महासंघ मेचीनगरका अध्यक्ष लेखनाथ पौडेल लगायतले बैज्ञानिक र व्यवसायिक शिक्षामा जोड दिएका थिए ।
कार्यक्रममा नेपाल शिक्षक संघ कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चम्लागाईँ, नेपाल शिक्षक संघ झापाका अध्यक्ष तोयानाथ दाहाल, नेपाल राष्ट्रिय शिक्षक संगठन झापा जिल्ला सचिव लम्बोदर पौडेल, नेपाल शिक्ष्क संघ मेचीनगर अध्यक्ष सान्ता निरौला नेशनल प्याब्सन झापा लिल्ला सचिव भगिरथ राई, नेशनल प्याब्शन मेचीनगर अध्यक्ष कविन्द्र श्रेष्ठ, मेचीनगर ५ का वडाध्यक्ष कनक बहादुर कार्की मेचीनगर ७ का वडाध्यक्ष प्रहलादमणी ओली लगायतको आतिथ्यता रहेको थियो ।
सो अवसरमा नगर शिक्षा शाखाले सेवा निवृत्त शिक्षक सम्मान आदर्श माविका पूर्ण बहादुर खड्का, देवराज गिरी र गीता ओझालाई प्रदान गरेको छ । त्यसैगरी काँकरभिट्टा माविकी सेवा निवृत्त शिक्षक मिरा भेटवाल, रुमा कार्की सम्मानित भएका छन् । कविशिरोमण माविकी मिरा काफ्ले र लोहित प्रसाद चापागँईलाई सम्मान गरिएको छ । त्यसैगरी बाल विकास माविकी गीता देवी भट्टराई, भानु माविकी सेवन्ता भण्डारी, शिशु साक्षर माविकी दीपा लिम्बू, धुलाबारी माविका चक्तबहादर बानियाँ, सोमनाथ सिवाकोटी, र योगेन्द्र खनाललाई सम्मान गरेको छ । सो अवसरमा सहिद दशरथचन्द्र माविका केदार बुढाथोकी, ज्यामिरगढी माविका लिला प्रसाद खतिवडा, बलभद्र माविका गोपाल प्रसाद चुँडाल, डिपेन्द्र बानियाँ जनता माविका युवराज राउत, र दिपेन्द्र प्राविका उमाकान्त दाहाललाई सम्मान गरेको छ । त्यसैगरी उत्कृष्ट कर्मचारी सम्मान भानु माविकी उदादेवी दाहाल र काँकरभिट्टा माविका विष्णुलाल पाण्डेलाई प्रदान गरिएको छ । बालशिक्षकको रुपमा बालसुबोधिनी माविकी छवीमाया श्रेष्ठर जीवन कुमारी गुरुङ, र खीला पुरीलाई सम्मान गरिएको छ । त्यसैगरी आयोजकले विद्यालयमा कार्यरत प्रअ अध्यक्ष तथा शिक्षकहरुलाई समेत सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा धुलाबारी माविका प्रअ महेन्द्र विलास लुइटेल, सरस्वती बालकल्याण माविका प्र।अ। शुक्रराज घिमिरे त्यसैगरी बाल सुवोधनी मा।वि। का प्र।अ। विश्व थापा, जनज्योती माविका प्र।अ।।धनकला दाहाल, ज्ञानदिप प्राविका अञ्जु पौडेल, बलभद्र माविका रामबहादुर थापा र सरस्वती बालकल्याण माविका राधिका रेग्मीलाई सम्मान गरेको छ ।
त्यसैगरी बालक्लव र स्काउट, राष्ट्रिय स्वयमसेवक दल, विभिन्न संघ संस्था मेचीनगर भित्रका सामुदायिक र संस्थागत विद्यालयबाट कक्षा ८ मा उत्कृष्ट अंक ल्याउन सफल छात्र छात्राहरुलाई सम्मान गरिएको छ । त्यसैगरी एस ईई परीक्षा र कक्षा १२ को परीक्षामा उत्कृष्ट जीपीए ल्याउन सफल छात्र छात्राहरुलाई समेत सम्मान गरिएको छ । सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले नगद सहित सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।
कार्यक्रमलाई रोचक बनाउन झापा नेशनल अंग्रेजी मावि, आदर्श विद्यामन्दिर, कविशिरोमणी मावि, धुलाबारी मावि, अरुणोदय मावि, कन्भेन्ट इङ्लिस स्कुल, होलीबेल अंग्रेजी मावि लगायत विभिन्न विद्यालयका विद्यार्थीहरुले रोचक नृत्य प्रस्तुत गरेका थिए । े ।
मेचीनगर नगर शिक्षा अधिकारी होम भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत पवित्रा ढकालले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु