आदर्श माविको वार्षिक उत्सवमा शिक्षक, अभिभावक र विद्यार्थी पुरस्कृत

2023-12-29 मा प्रकाशित

इटाभट्टा । मेचीनगर–८, स्थित आदर्श माध्यमिक विद्यालयले वार्षिक उत्सवको अवसर पारेर उत्कृष्ट शिक्षक अभिभावक र विद्यार्थी पुरस्कृत तथा सम्मान गरेको छ ।
शुक्रबार वार्षिक समारोहका बीच वर्ष उत्कृष्ट एक शिक्षक, १÷१ पुरुष तथा महिला अभिभावक र २१ जना विद्यार्थीलाई नगद रु २ हजारदेखि १० हजारसम्मका पुरस्कार राशीबाट सम्मान गरेको हो ।


विद्यालयले वर्ष उत्कृष्ट शिक्षक पुरस्कार विद्यालयका अग्रज शिक्षक विष्णु गिरीलाई प्रदान गरेको छ । उनलाई कार्यक्रमका प्रमुख अतिथि मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले नगद १० हजारसहित सम्मानद्धारा सम्मान गरेका छन् ।
त्यस्तै उत्कृष्ट अभिभावक वर्ष २०८० बाट पुरुषतर्फ रेशम परियार र महिलातर्फ राधिका लुईटेल सम्मानित भएका छन् । उनीहरुलाई विशेष अतिथि वडाध्यक्ष गिरीराज धमलाले दोसल्ला, ढाकाटोपी तथा सम्मान पत्र प्रदान गरे ।
त्यसैगरी विद्यालयमा स्थापना भएका विभिन्न अक्षयकोष तथा स्मृतीकोषबाट २१ उत्कृष्ट विद्यार्थी पुरस्कृत भएका छन् ।
कृष्णप्यारी प्रचण्डमान स्मृती पुरस्कारबाट छात्रतर्फ जीतन बानियाँ, प्रकाश गुरागाईं र कृष्णमान धिमाल तथा छात्रातर्फ इसिता थापा, पनिता खड्का तथा ज्योती निरौला नगद जनही ३ हजार रुपैयाँ तथा सम्मान पत्रद्वारा पुरस्कृत भए ।
महानन्द लक्षीमा भेटवाल स्मृती पुरस्कारबाट कक्षा ११ मा उत्कृष्ट नतिजा ल्याउने हेमकुमार मगर र पुस्पिता ठाकुर पुुरस्कृत भए । उनीहरुले नगद २ हजार तथा सम्मान पत्र प्राप्त गरेका छन् ।


झनकप्रसाद कट्टेल स्मृती पुरस्कारबाट जनही ३ हजार ५ सय तथा सम्मानपत्रसहित आदर्श खतिवडा र लीजा धिमाल पुरस्कृत भए ।
निलम मैनाली स्मृती पुरस्कारद्वार छिरिङ शेर्पा नगद ३ हजार तथा सम्मान पत्रसहित पुरस्कृत भइन् । सहास्ना अक्षयकोष पुरस्कारबाट रीना न्यौपाने, सरिता हिङ्माङ् र भूमिका सार्की नगद जनही ४ हजार नगद सहित सम्मन पत्रद्धारा सम्मान गरिएको छ ।


नारायण स्मृती पुरस्कारबाट वर्षा राजवंशी, दिवस थापा, इस्मालिका भण्डारी, हिमानी कटवाल र रितु तामाङ जनही २ हजार नगद, एसर्र्ईईमा उत्कृष्ट नतिजा ल्याउने विकास गौतम तथा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने जीवन बुढाथोकी नगद ५ हजारसहित पुरस्कृत भए ।
पुरस्कृत विद्यार्थीहरुलाई विशेष अतिथि मेचीनगर कार्यपालिका सदस्य चित्र धिमाल, कविता मिजार, नगर परिषद सदस्य मनकुमारी गिरी, पूर्व कर्मचारी कमलकुमार देवकोटा, झुमानाथ भट्टराईलगायतले सम्मान गरे ।


सो अवसरमा शिक्षक रेवती राजवंशीले कविता तथा कक्षा ८ का विद्यार्थीहरुले सचेतनामूलक नाटक तथा दर्जनबढी सामुहिक नृत्य प्रस्तुत गरिएको थियो ।
सो अवसरमा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेवन्तराज पोख्रेल, कार्यपालिका सदस्य धिमाल, वडाध्यक्ष धमला, प्रमुख अतिथि भण्डारीले शुभकामना राखेका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्णबहादुर खड्काको सभापतित्वमा सम्पन्न समारोहमा स्वागत तथा कार्यक्रम बारे जानकारी प्रअ कृष्ण पुरी तथा सञ्चालन शिक्षक जीआर धितालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु