तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद मेचीनगरले बिविध कार्यक्रमका साथ मनायो तमु ल्होसार

2023-12-31 मा प्रकाशित

काँकरभिट्टा । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद मेचीनगरले आइतबार विविध कार्यक्रमका साथ २६०८ औं मुब्री ल्हो तमु ल्होसार पर्व मनाइएको छ ।
मेचीनगर– ७ स्थित गुम्बा परिषरमा आयोजित कार्यक्रमको उद्घाटन् मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरे । कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले नेपाल बहुजातीय, बहुभाषिक र बहु सांस्कृतिक मुलुक बन्न नागरिकले ठूलो संघर्ष र बलिदान गर्नु परेको बताए । लोकतन्त्र आउनु अघिसम्म हाम्रो राजा हाम्रो देश प्राँण भन्दा प्यारो छ, एउटै भाषा एउटै भेष सबै भन्दा राम्रो छ , भनेर अधिकांशले हिड्नु पथ्र्याे । त्यसलाई स्वीकार नगर्नेहरु कारवाहीको भागिदार हुन्थे । उनले भने, ‘जवरजस्ती भाषा बोल्न लगाउने भेष भूषा प्रयोग गर्नु पर्ने अवस्था थियो अहिले त्यो अन्त्य भएको छ । सबैले आ आफ्नो भाषा धर्म र संस्कृति मनाउन पाएका छौं । यो लोकतन्त्रको देन हो ।’
उनले सबै जातजातिको भाषा, धर्म र संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व भएको उनको भनाइ थियो । प्रमुख अतिथि बुढाथोकीले गुम्बा निर्माणमा मेचीनगरपालिकाबाट समेत नियमसंगत रुपमा सहयोग गर्ने प्रतिवद्धता जानाएका छन् ।


कार्यक्रमकी विशेष अतिथि मीना पोख्रेल उप्रेतीले मेचीनगर नगरपालिकाले भौतिक संरचना निर्माणमा एकद्धार प्रणाली अपनाएर बजेट विनियोजन गर्दै आएको बताइन् । हरेक वर्ष हामी मठमन्दिर, गुम्बा, सामुदायिक भवनलगायत भौतिक पूर्वाधार निर्माणमा ५० प्रतिशत अनुदानको कार्यक्रम यस वर्ष बजेट अभावका कारण सञ्चालन गर्न नसकेको बताइन् ।


कार्यक्रमकी विशेष अतिथि हङकङबाट आउनु भएकी समाजसेवी पुष्पा गुरुङले मेचीनगरमा स्वास्थ्यको क्षेत्रमा हातेमालो गरेर अघिबढ्ने बताइन् । उनले पछिल्लो समय बाल बच्चाहरु अटिजमको शिकार बन्ने गरेको बताउँदै यसको रोक थामकोलागि आफ्नो तर्फबाट पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरिने । उनले कसैको परिवारमा अटिजमका नानीहरु भए सम्पर्क गर्न अनुरोध समेत गरिन् । पछिल्लो समय आत्महत्या तथा डिप्रेशनको शिकार युवाहरु बन्ने गरेकोले बताउँदै त्यसलाई न्यूनीकरण गर्न मनोपरामर्श शिविर सञ्चालन गर्नु पर्ने उनको भनाई थियो । कार्यक्रमकी विशेष अतिथि समेत रहेकी उनले गुम्बा निर्माणको लागि आफ्नो तर्फबाट रु ८ लाख १८ हजार १८८ रुपैयाँ सहयोग गरेकी छिन् । यो सँगै उनले तमु ल्होसार कार्यक्रम सम्पन्न गर्न थप १ लाख ५० हजार रुपैयाँ समेत प्रदान गरेकी छिन् ।

कार्यक्रममा मेचीनगर –७ का वडाध्यक्ष प्रह्लादमणी ओली, आदीवासी जनजाति महासंघ मेचीनगरका अध्यक्ष ओम प्रकाश  खापुङलगायतले बोलेका थिए । सो अवसरमा संस्थालाई सहयोग गर्ने बिभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । समितिले जेष्ठ नागरिक सम्मान गंगादेवी गुरुङ, इन्द्रमाया गुरुङ, मेचीनगर –६ का पदम बहादुर गुरुङ र मेचीनगर १५ का पदम बहादुर गरुङलाई सम्मान गरेको छ । ससामाजिक क्षेत्रमा योगदान गुर्याएको भन्दै समितिले विनोद गुरुङ, देव गुरुङ, रमेश गुरुङ र राजन तामाङलाई समेत सम्मान गरेको छ ।


सम्मानित सबैलाई प्रमुख अतिथि बुढाथोकीले खादा सहित सम्मान पत्रद्वारा सम्मान गरेका थिए ।
कार्यक्रममा मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्ति पौडेल, नेपाल तामाङ घेदुङसंघ मेचीनगरका राम वाइवा, संघका पूर्व अध्यक्ष नारायण गुरुङ, तमुस्यो हयूल छोजधी गुरुङ महिला राष्ट्रिय परिषद मेचीनगर अध्यक्ष सिता गुरुङ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमलाई रोचक बनाउन एकल तथा सामुहिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।
तमू ह्युल छोंजधीं गुरुङ राष्ट्रिय परिषद मेचीनगरका अध्यक्ष सुभाष गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष प्रकाश गुरुङले र सञ्चालन सचिव होमराज गुरुङले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु