इटाभट्टाका ३५ र ज्यामिरगढीका ७७ जनाको पिसिआर रिपोट नेगेटिभ

2020-08-27 मा प्रकाशित

मेचीनगर,११ भदौ ।केहिदिन अघि मेचीनगर ७ इटाभट्टा स्थित प्राइम बैंककी महिला कर्मचारीमा कोरोना संक्रमण देखिए पछि उनीसंग सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ मार्फत पिसिआर परीक्षण गरिएका ३७ जना माध्ये ३५ जनाको रिपोट नेगेटिभ आएको छ ।

२ जनाको भने रिपोर्ट आउन बाकिँ रहेको मेचीनगर सामाजिक विकास समिति संयोजक नबिन बरालले जानकारी दिए ।

प्राइम बैंकका ६ जना कर्मचारीहरुको पिसिआर परीक्षण गरिएकोमा उनीहरु सबैको रिपोट नेगेटिभ नै आएको छ । समुदायमा कोरोना संक्रमण फैलिन नदिन नगरपालिकाले भदौ ७ गतेदेखि इटाभट्टा क्षेत्रमा लकडाउन घोषणागरेको छ ।

त्यसैगरी मेचीनगर १५ ज्यामिरगढी क्षेत्रका सबै ७७ जनाको पिसिआर रिपोट नेगेटिभ आएको मेचीनगर नगरपालिकाका समाजिक बिकास समितिका संयोजक नबिन बरालले बताए । ज्यामिरगढीमा उद्योगका मजदुर, ब्यवशायी सहितका स्थानीय समुदायबाट ७७ जनाको पिसिआर परीक्षण गरिएको थियो आज आएको रिपोटमा सबैको नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु