२४घण्टामा १ हजार १११ कोरोना संक्रमित थपिए , संक्रमितको संख्या अहिले सम्मकै उच्च

2020-08-27 मा प्रकाशित

काठमाडौं,११ भदौ ।नेपालमा कोरोना संक्रमण पछिल्लो समय तीव्र रुपमा बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा १ हजार १११ कोरोना भाइरस ९कोभिड–१९० का संक्रमित भेटिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुष्नमा संक्रमण पुष्टि भएको हो ।यो संख्या अहिले सम्मकै उच्चहो ।

यसस“गै कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । उनीहरुमध्ये १८३ जनाको मृत्यु भएको छ भने २० हजार ७३ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ५६९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ३७७ संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा मात्र २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना रहेका छन् ।

यस्तै पर्साका ८५ जना, बाँकेका ७५, रुपन्देहीका ७२, मकवानपुरका ६३, चितवनका ४५, धनुषाका ३९, सुनसरीका ३८, बाराका ३०, सप्तरीका २२,कपिलवस्तुका २१, मोरङ र कैलालीका २०र२० जना, नवलपरासीका १८,नवलपुर र बैतडीका १७र१७, रौतहटका १५, काभ्रेका १३, दैलेखका १२, तनहुँका ११, सुर्खेतका ९, बाग्लुङका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सिराहा, महोत्तरी र नुवाकोटका ७र७ जना, सर्लाही, रामेछाप, कञ्चनपुर र डोटीका ६६ जना, सिन्धुली र जाजरकोटका ५र५ जना, प्युठान र संखुवासभाका ४र४ जना, सिन्धुपाल्चोक, लमजुङ र गुल्मीका ३र३ जना, दोलखा, कास्की र दाङका २र२ जना तथा खोटाङ, धादिङ, गोरखा, पर्वत, बर्दिया र बझाङका १र१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु