मेची कृषक क्रिकेट प्रतियोगिताको उपाधि काँकरभिट्टालाई

2024-01-01 मा प्रकाशित

मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्थाले आयोजना गरेको टी–टेन क्रिकेट प्रतियोगिताको उपाधि काँकरभिट्टाले हात पारेको छ । सोमबार मेचीनगर–८ मेची विद्योदय विद्यालयको खेल मैदानमा सम्पन्न प्रतियोगिताको उपाधि काँकरभिट्टा राइजिङ टिमले जितेको हो ।

काँकरभिट्टा राइजिङ टिमले मेचीनगर–८ लाई २३ रनको अन्तरले पराजित गरी उपाधि हात पारेको हो । काँकरभिट्टाले टस जितेर ब्याटिङ गरेको थियो । १०७ को तारगेट दिएको काँकरभिट्टाले अल आउट गर्दै २३ रनको फराकिलो इस्कोर सगैँ आफ्नो जित हासिल गरेको थियो । प्रतियोगीतामा उपाधि हात पारेको काँकरभिट्टाले बीस हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यसैगरि दोस्रो हुने टिम मेचीनगर ८ ले नगद रु पन्ध्र हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

सहकारीको २४ औँ वार्षिकउत्सव तथा स्थापना दिवसको अवसरमा क्रिकेट प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको थियो । भद्रपुर स्टार, काँकरभिट्टा राइजिङ टिम, धुलाबारी क्रिकेट टिम, घैलाडुब्बा क्रिकेट टिम, इटाभट्टा युथ क्लब,ज्यामिरगढी युथ क्लब, मेचीनगर–८ क्रिकेट टिम र बाहुनडाँगी युथ क्लब प्रतियोगितामा सहभागी भएका थिए ।

मेचीकृषक बहुमुखी सहकार संस्थाका अध्यक्ष हरि बुढाथोकीको अध्यक्षतामा सम्पन्न फाइन खेलको प्रमुख अतिथि मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमला रहेका थिए । फाइनल खेलमा मेचीनगर न्यायिक समिति सदस्य कुन्दन निरौला, मेचीनगर ८ का वडा सदस्यहरु, मेचीनगर ५ का पूर्व अध्यक्ष योगेन मगर, युवा नेता राजु धिमाल लगायतको सहभागिता रहेको थियो । संस्थाका व्यवस्थापक दिपक काफ्लेले सञ्चालन गरेको कार्यक्रमको स्वागत सदस्य तथा खेल संयोजक रुपसागर अधिकारीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु