झापामा कोरोना संक्रमणबाट आज थप एक वृद्धको मृत्यु

2020-08-28 मा प्रकाशित

झापा, १३ भदौ । कोरोना संक्रमणका कारण झापामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । अस्पतालबाटै कोरोना संक्रमण भएको आशंका गरिएका कमल गाउँपालिका वडा नं। ३ केर्खाका ८३ वर्षीय एक वृद्धको आज उपचारको क्रममा मृत्यु भएपछि मृतकको सख्या दुई पुगेको हो । उनको आज विहान ४ बजे मृत्यु भएको थियो ।
कमल गाउँपालिककी अध्यक्ष मेनुका काफ्लेका अनुसार ती वृद्धलाई संक्रमण पुष्टि भएपछि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो ।

मृतकको नातिनीमा पनि कोरोना संक्रमण देखिएका कारण मेची अस्पतालमा उपचार भइरहेको छ ।

नातिनीसँग ती वृद्ध केही दिन अघि स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका थिए । दुबैलाई अस्पतालबाटै संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।
यसअघि दमकका एक वृद्धको काठमाडौमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु