काँकरभिट्टा । प्रेस क्लव मेचीनगरको ९ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । काँकरभिट्टा स्थित होटल इस्टर्न ग्राण्डको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य तामाङले पत्रकारहरु व्यवसायीक बन्न सक्ने वातावरणको सिर्जना गर्नु पर्नेमा जोड दिए । उनले विकासमा संघ, प्रदेश र स्थानीय तहले जस लिने होडबाजी नगरी सँगसँगै समन्वय गरेर अघि बढ्न जरुरुी रहेको बताए ।
सांसद तामाङले प्रेस क्लबको उन्नयनका लागि न्यूनतम १० वर्षका लागि प्रतिवर्ष १५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
कार्यक्रमका विशिष्ट अतिथि मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले पछिल्लो दशक पूर्वी नाकाको आयातको अवस्था धरासायी बनेको बताए ।
आयातमा चुलिएको संकट सुधारोन्मुख नभए देशको प्रमुख भन्सार नाकामध्येको काँकरभिट्टा नाकाले अबको २० वर्षपछि पशुपति भन्सारको नियति व्यहोर्न सक्ने बताए ।
सो अवसरमा मेचीनगर वडा नम्बर ५ का अध्यक्ष कनकबहादुर कार्की, ७ का अध्यक्ष प्रल्हादमणि ओली, ८ का अध्यक्ष गिरीराज धमला, क्लवका संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्षहरु मुक्ति पौडेल, ज्ञानेन्द्र निरौला, लक्ष्मी उप्रेती, अग्रज पत्रकार जिएन् शर्मा, आदिवासी जनजाती पत्रकार महासंघ नेपाल झापा अध्यक्ष भूमिका सुब्बालगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा महिला वडासदस्य सीमा रसाईली, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समिति अध्यक्ष राजकुमार पराजुली, नाईट चेस क्लब अध्यक्ष विश्वविजय घिमिरे, शसस्त्र प्रहरी नायब उपरीक्षक विरेन्द्र खनाल, प्रहरी निरीक्षक अर्जुनकुमार पोख्रेल, एन्–प्याब्सन मेचीनगर अध्यक्ष कविन्द्र श्रेष्ठ, होटल व्यवसायी संघ मेचीनगर पूर्व अध्यक्ष अर्जुन सुब्बा, प्रेस चौतारी कोशी प्रदेश सदस्य अर्जुन कार्की, प्रेस सेन्टर प्रदेश सदस्य झुलन रेग्मी, आदीवासी जनजाती पत्रकार महासंघ नेपाल झापा अध्यक्ष भूमिका सुब्बा, जन पत्रकार संगठन सचिवालय सदस्य प्रविन अधिकारी, सञ्चार प्रतिष्ठान मेचीनगर अध्यक्ष शिशिर चम्लागाईंलगायतको उपस्थिति रहेको थियो ।
प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बरालको सभापतित्व रहेको कार्यक्रममा अध्यक्ष बरालले वार्षिक प्रतिवेदन प्रस्तुत गरे । अध्यक्षको प्रतिवेदनमा प्रेस क्लवको भवन निर्माणको लागि जग्गा खोजी गर्ने, ५ लाखको अक्ष्यकोष स्थापना गर्ने, पत्रकारहरुको क्षमता अभिबृद्धिकोलागि तालिम कार्यक्रम आयोजना गर्ने लगायतका बिभिन्न कार्यक्रम प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रमकै अवसरमा प्रस्तावित अक्षयकोषमा एकैदिन २१ हजार २१० रुपैयाँ प्रदान गर्ने घोषणा गरिएको छ । प्रस्तावित अक्षयकोषमा मेचीनगर वडा नं ५ का अध्यक्ष कनक कार्कीले ५ हजार, वडा नं ७ का अध्यक्ष प्रह्लादमणी ओलीले ५ हजार १ सय, वडा नं ८ का अध्यक्ष गिरीराज धमलाले ५ हजार ५ सय ५५ तथा क्लबका उपाध्यक्ष जीआर धितालले ५ हजार ५ सय ५५ रुपैयाँ कोषमा हस्तान्तररण गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
कोष स्थापनाका लागि यसअघि क्लबकी पूर्व उपाध्यक्ष अम्विका भण्डारीले ५ हजार रुपैयाँ प्रदान गरेकी छिन् । त्यस्तै क्लबका पूर्व अध्यक्ष मुक्ति पौडेलले १० हजार, क्लबका अध्यक्ष डम्बर बरालले रु ५ हजार १ सय रुपैयाँ प्रदान गर्ने घोषणा गरिसकेका छन् ।
सभाले मेचीनगरका सञ्चारकर्मीहरुलाई ऐक्यवद्ध बनाउँदै व्यवसायीक क्षमता अभिवृद्धि गर्ने, सञ्चार क्षेत्रलाई नियमन गर्दै जिम्मेवारपूर्ण पत्रकारिताको विकास गर्ने, सञ्चारकर्मीहरुको व्ययवसायीक हितका लागि सुरुवातमा न्यनुतम ५ लाख बराबरको अक्षय कोष स्थापना गर्ने लगायतका विषय सर्वसम्मत रुपमा पास गरेको छ । कोषाध्यक्ष विनिशा शर्माद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन समेत सर्वसम्मत रुपमा पारित भएको छ । क्लबका उपाध्यक्ष जीआर धितालले स्वागत गरेको कार्यक्रमकको सञ्चालन सचिव देबु बानियाँले गरेका थिए ।
प्रतिकृया दिनुहोस्