जेसीजले टुटेका मन, परिवार र समाजलाई जोड्छ : महामन्त्री शर्मा

2024-01-13 मा प्रकाशित

मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री एवम् संघीय सांसद विश्वप्रकाश शर्माले जेसीज टुटेका मन, समाज र परिवार जोड्ने अभियान भएको बताएका छन् ।
बाहुनडाँगी जेसीजको नवनिर्वाचित कार्यसमितिको पदहस्तान्तरण तथा सफद ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि  शर्माले सो कुरा बताएका हुन् ।
‘समाज आज बिभाजित बन्दै गएको छ । घरभित्र कलह बढ्दै छ, निराशा चुलिएको छ,’ प्रमुख अतिथि शर्माले भने, ‘संसारको सबैभन्दा पुरानो संस्था परिवार हो । त्योपनि आज खण्डित बन्दै छ, समाज र परिवारलाई जोड्नसक्नु समाज रुपान्तरणको लागि एउटा महत्वपूर्ण अभियान  हो।’
सामाजिक रुपान्तरणको अभियानमा जेसीज अग्रपंङतीमा उभिएर सबैसंग हातेमालो गरेर अघि बढ्नसके बिभेद रहित समाजको निर्माण गर्न सकिने उनले बताए । देश बनाउनु भनेको बाटो, बिजुली र ठूला ठूला एयरपोर्ट बनाउनु मात्र होइन् शर्माले भने, ‘मान्छेले आत्मसम्मान पूर्वक बाँच्न पाउने समाज निर्माण गर्नु पनि विकास हो ।’ नेपाल सतिले सरापेको देश नभएर, भगवान गौतम बुद्धले आशिर्वाद प्राप्त गरेको देश भएको बताउँदै उनले आशाको जगमा उभिएर समाज र देशलाई समृद्धि तर्फ लैजानु पर्ने बताए ।
चुनाव जित्नको लागि राजनीतिक कर्मीहरुले ठूलाठूला सपना र आश्वासन बाँड्ने गरेका कारण आज देशलाई ठूलो ऋणको भार बढ्दै गएको उनको भनाई थियो ।
कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भिम कुवँर, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष योगेश राजवंशी, बाहादुर तामाङ मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


वर्ष २०२४ का  अध्यक्ष बानियाँले गरे पदभार ग्रहण
दुई सत्रमा भएको कार्यक्रमको पहिलो सत्रको उद्घाटन कार्यक्रमको अध्यक्षता बर्ष २०२३ का अध्यक्ष केवलराम निरौलाले गरेका थिए । पदहस्तन्तरण पछि नवनिर्वाचित वर्ष २०२४ का अध्यक्ष देबु बानियाँले कार्यक्रमको अध्यक्षता गरे । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष जुझारु युवा देबु बानियाँले अध्यक्षको पदभार ग्रहण गरेसँगै जेसीज चेन समेत प्राप्त गरेका थिए । अध्यक्ष बानियाँलाई बर्ष २०२३ का अध्यक्ष केवल निरौलाले आफ्नो गलामा भएकोे जेसीज चेन लगाइदिएका थिए । चेन हस्तन्तरण कार्यक्रममा पूर्व अध्यक्षहरुको समत सहभागिता रहेको थियो ।


सो अवसरमा वर्ष २०२३ का अध्यक्ष जेसी निरौलाले नवनिर्वाचित वर्ष २०२४ का अध्यक्ष बानियाँलाई सफद ग्रहण गराएका थिए भने वर्ष २०२४ का अध्यक्ष बानियाँले नवनिर्वाचित आफ्नो टिमलाई सफद ग्रहण गराए ।
बाहुनडाँगी जेसीजको हालै सम्पन्न निर्वाचनबाट वर्ष २०२४ को लागि कार्यकारिणी उपाध्यक्षमा केदार सुनुवार र सुष्मा मिश्र, उपाध्यक्षमा पवन बराईली, सदेश पौडेल, थेसिस रुचाल र किरण गौतम निर्वाचित भएका थिए भने पदहस्तान्तरण समारोहकाबीच अध्यक्ष देबु बानियाँले महासचिवमा सुस्मिता खतिवडा भण्डारी, कानूनी कोषाध्यक्षमा नित्यानन्द चम्लागाईँ, कानूनी सल्लाहाकारमा न्यूटन कार्की र सञ्चार संयोजकमा पत्रकार जी आर धिताललाई मनोनित गरेका छन् । त्यसैगरी कार्यक्रम संयोजकमा सामुल राय, तालिम संयोजकमा विशाल तामाङ तथा जनसम्पर्क अधिकारीमा चित्रबहादुर श्रेष्ठ मनोनित भएका छन ।
कार्यक्रममा अध्यक्ष बानियाँले आफ्नो कार्यकालमा विशेष गरी शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्वता व्यक्त गर्दै आफ्नो कार्यकालमा मायाको चिनो वितरण नगर्ने भन्दै मायाको चिनोमा हुने खर्चले बाहुनडाँगी क्षेत्रका दुई जना विद्यार्थीको एक बर्ष उच्च शिक्षा अध्ययनको सबै खर्च व्यहोर्ने बताए । त्यस्तै रितिका डेरी उद्योगका सञ्चालक राजन चिमरियाले बाहुनडाँगी जेसीजले छनौट गरेको एक जना विद्यार्थीको उच्च शिक्षाको एक बर्षको सम्पूर्ण खर्च आफुले व्यहोरिदिने घोषणा गरेका छन् ।
अध्यक्ष बानियाँले आफ्नो कार्ययोजना सुनाउँदै जेसीजका सदस्य तथा पूर्व अध्यक्षहरुको स्वास्थ्य उपचारका लागि झापाको भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालसंग बिषेश छुटमा उपचार गर्ने गरी छलफल भएको र केही दिनमा नै सम्झौता हुने बताए । हात्तीबाट मानविय क्षति हुनबाट जोगाउन सक्रिय रहेको स्थानीय रेपिट रेसपोन्स टिम(आर आर टी) को समूहलाई उत्कृष्ट कार्य गरिरहेको भन्दै पदहस्तान्तरणको अवसरमा बाहुनडाँगी जेसीजले बिशेष सम्मान समेत गरेको थियो ।
कार्यक्रमको उद्घाटन शत्रको सञ्चालन वर्ष २०२३ का महासचिव नित्यानन्द चम्लगाई, निर्वाचन आयुक्त दिपक बराल र वर्ष २०२४ की महासचिव सुस्मा खतिवडाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु