मेचीनगरमा थप तीनजनामा कोभिड १९ को संक्रमण पुष्टि, वडानम्बर ७ र ८ को लकडाउन हट्यो

2020-08-28 मा प्रकाशित

मेचीनगर, १२ भदौ ⁄ झापाको मेचीनगरमा थप तीनजनामा नोवल कोरोना भाइस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

नगरपालिका सामाजिक विकास समिति संयोजक तथा वडानम्वर ४ का वडाध्यक्ष नवीन वरालका अनुसार वडानमबर २ का १५ र १६ वर्षीय दुईजना किशोरसहित २१ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो । तीनैजना भारतबाट आएर झापाको मेचीनगर धुलावारी स्थित अतिथि सदनमा बसेका थिए ।

भदौ ९ गते उनीहरुको पीसीआर परीक्षणाक लागि थ्रोड स्वावको नमूना संकलन गरी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माईक्रो बायोलोजिकल विभागमा पठाइएको थियो । त्यहाँको परीक्षणमा उनीहरुका पीसीआर परीक्षण पोजेटिभ आएको वरालले बताउनुभयो ।उनीहरुमा संक्रमण पुष्टि भएपछि १ नम्बर प्रदेश सरकारको अनुदान समेतमा मेचीनगरर ११ स्थित स्वास्थय चौकीकोे नवनिर्मित भवनमा मेचीनगर नगरकार्यपालिकाको कार्यालयबाट व्यवस्थाापन गरेकोे आइसोलेसन सेन्टरमा राखिने उहाँको भनाई छ ।

यो सँगै अब मेचीनगरमा कोभिड १९ को संक्रमितको संख्या १ सय ९ पुगेको पनि ९८ जना निको भएर घर फर्किसकेका छन् ।
यता नगरपालिकाले वडानम्बर ७ र ८ मा घोषणा गरेको लकडाउन खुला गरेको वरालले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु