बिर्तामोडमा फागुन १९ देखि छौटौं संस्करणको झापा गोल्डपक हुँदै

2024-01-23 मा प्रकाशित

बिर्तामोड । झापाको विर्तामोडमा आगामी फागुन १९ गतेदेखि २८ गते सम्म छौटौं संस्करणको झापा गोल्ड कप आयोजना हुने भएको छ ।
आयोजकले मंगलबार बिर्तामोडको अतिथि सदनमा पत्रकार सम्मेलन आयोजना गरेर गोल्डकप आयोजना र त्यसको तयारीका बारेमा जानकारी गराएको हो । झापा गोल्डकपको आयोजनामा हुने उक्त प्रतियोगितामा आयोजकका तर्फबाट झापा ११ फूटवल क्लव सहित नेपालका ७ र विदेशी ३ गरी १० वटा टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतको अध्यक्षतामा आयोजित पत्रकार सम्मलनमा अध्यक्ष बस्नेतले प्रतियोगिताको बारेमा जानकारी दिँदै झापा जिल्लालाई फुटवलको ‘हव’को रुपमा विकास गर्नेगरी आफूहरु लागिपरेको बताए । ‘विगतमा देश भित्र र मुलुक बाहिर घरेलु टिम झापा ११ फुटवल क्लवको विकास र प्रवद्र्धनसँगै झापा गोल्डकपलाई निरन्तर रुपमा सञ्चालन गरिरहेको छौं । अध्यक्ष बस्नेतले भने, ‘यस वर्ष विजेता टिमले नगद १३ लाख र उपविजेता टिमले नगद ७ लाख पाउने छन्।’ आयोजकले प्रतियोगिताको मष्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गर्ने भएको छ भने प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउने अध्यक्ष बस्नेतले बताए ।
आयोजकले गोल्डकप उद्घाटन समारोहमा झापा जिल्लाका एकजना पुराना फुटवल खेलाडीलाई नगद २५ हजार नगद सहित सम्मान गर्ने भएको छ । त्यसैगरी आयोजकले डोमालाल रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई समेत रु २५ हजार सहयोग प्रदान गर्ने भएको छ ।
प्रतियोगितामा रु १ करोड ४० लाख खर्चहुने अनुमान गरेको आयोजकले खेल सफल पार्न उद्योगी व्यवसायी, खेलपे्रमी महानुभाव र सञ्चारकर्मीहरुमा सहयोगको लागि आग्रह समेत गरेको छ ।
पत्रकार सम्मेलनमा झापा गोल्डकपका सरक्षक जलकुमार गुरुङ, वरिष्ट उपाध्यक्ष बलराम कार्की, कोषाध्यक्ष केदार गिरी, नेपाल फुटवल संघ झापाका अध्यक्ष भगिरथ आले (मामा), समाजसेवी मदन गोपाल सुब्बा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष बलराम कार्कीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु