राष्ट्रियसभा सदस्यमा सिटौला र कोइराला निर्वाचित

2024-01-25 मा प्रकाशित

मोरङ । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा (एमाले)की रुकमणी कोइराला विजयी भएका छन् ।
कांग्रेसका सिटौलाले पाँच हजार दुई सय ९२ मतभार प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव पौडेलले चार हजार पाँच सय २६ र नेकपा (एमाले)का पर्शुराम अधिकारी एक सय २९ मतभार प्राप्त गरेको निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।


यसैगरी महिला समूहतर्फ नेकपा एमालेकी रुकमणी कोइरालाले पाँच हजार ८६ मतभार प्राप्त गरी विजयी भइन् भने नेकपा (माओवादीकेन्द्र)की चम्पादेवी कार्कीले चार हजार नौसय ९२ मतभार प्राप्त गरिन् ।
प्रदेश निर्वाचन कार्यालय विराटनगर – १० मा रहेको मतदान केन्द्रमा विहान ९ बजेदेखि सुरु भएको मतदानमा प्रदेशसभाका ९३ सदस्य र एक सय ३७ पालिकाका दुई सय ७४ मतदातामध्ये दुई सय ७१ ले मतदान गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु