विकासमा राजनीति भयो भने देश बर्वाद हुन्छ : मन्त्री गुरुङ

2024-01-26 मा प्रकाशित

मेचीनगर । सहरी विकास मन्त्री सीता गुरुङले विकास निमाृणमा राजनीति गर्नु नहुने बताएकी छिन् । पछिल्लो समय विकास निर्माणमा राजनीति हाविहुन थालेको भन्दै मन्त्री गुरुङले यो गलत अभ्यास भएको बताइन् । राजनीतिले विकास सम्भव छ, उनले भनिन् विकासमा राजनीति भयो भने देश बर्वाद हुन्छ । सबै राजनीतिक दल विकास–निर्माणका काममा केन्द्रित हुनुपर्नेमा उनको जोड थियो ।

मेचीनगर नगरपालिकाद्वारा आयोजित राष्ट्रिय आवास कम्पनीको मातहतमा काकडभिट्टामा रहेको ६० विगाह सार्वजनिक जग्गा पालिका तथा सङ्घसंस्थालाई हस्तान्तरणबारे सरोकारवालसँग आज भएको छलफलमा उनले मेचीनगरका सबै दल विकास निर्माण तथा मेचीनगरको समृद्धिकोलागि भएक ठाउँमा उभिएको भन्दै दलहरुको प्रशंसा समेत गरिन् ।

विकास–निर्माणका काममा कसैले पनि राजनीति गर्न नहुने बताउँदै मन्त्री गुरुङले मेचीनगर नगरपालिका क्षेत्रका राजनीतिक दलबीचमा हुने एकता, सहकार्य कोशी प्रदेशकै नमूना बन्नुपर्नेमा जोड दिइन्।
उनले यस क्षेत्रमा रहेको सार्वजनिक जग्गाको समस्यालाई अध्ययन, अवलोकन गरेर चाडै समाधान गर्ने बचन समेत दिइन् । मन्त्रीले ग्रामीण आवस अन्तरगत रहेको काँकरभिट्टाको मिनी मार्केट, बस पार्क, काँकरभिट्टा क्याम्पस र खानेपानीको जग्गाको अनुगमन समेत गरेकी छिन् । ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कर्मचारीहरुलाई निर्धक्क काम गर्न आग्रह गर्दै राजनीतिक दलबाट गर्नुपर्ने सहयोगमा कमी नहुने प्रतिबद्धता व्यक्त गरे ।

मेचीनगर प्रमुख गोपाल बुढाथोकीले नगर क्षेत्रमा रहेको आवास कम्पनी मातहतको सार्वजनिक जग्गासम्बन्धी तथ्याङ्क सहितको फायल मन्त्री गुरुङलाई हस्तान्तरण गरेका थिए । उनले चाँडोभन्दा चाँडो जग्गाको समस्या समाधानका निम्ति आग्रह समेत गरे ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु