मेचीनगरबाट सेतोपत्रको अनलाइन शुभारम्भ

2020-08-31 मा प्रकाशित

मेचीनगर । झापाको मेचीनगरबाट सेतोपत्र अनलाइन संञ्चालनमा आएको छ ।

मेचीनगरको इटाभट्टाबाट प्रकाशन आरम्भ भएको सेतोपत्र डटकमको उद्घाटन कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले सत्य र तथ्यमा आधारित समाचारको खाँचो सबै क्षेत्रले महसुस गरेको बताए ।

उनले सेतोपत्र अनलाइनले नगरका विकास निर्माणमा भइरहेका प्रगति र जनप्रतिनिधिले गरेका कमजोरीको समेत उजागर गरिदेओस् भन्ने अपेक्षा रहेको धारणा राखे । सो अवसरमा अधिकांश बक्ताहरुले समाजमा पत्रकार र सचारमाध्यम धेरै भए तापनि विश्सनीय समाचारका लागि पाठक एवम् स्रोताले भौतारिनु पर्ने विडम्बनापूर्ण अवस्था रहेको धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवराज पाण्डे, मेचीनगर नगरपालिकाका सामाजिक विकास अधिकृत अनन्तप्रकाश वस्ती, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, महासंघकै झापा सचिव सन्तोष आचार्य, मेचीनगर लेडिज जेसिजकी अध्यक्ष तुलसा दंगाललगायतले मन्तब्य राख्दै सेतोपत्र डटकमको सफलताको कामना गरेका थिए ।

विश्वासिलो खबर सम्प्रेषणको मूल ध्येय राखेर सुरु गरिएको सेतोपत्र अनलाइनले स्थानीय खबरलाई प्राथमिकता दिने र कुनै मुद्धाको अन्तिम छिनोफानो नभएसम्म खोज गरिरहने अनलाइनका सम्पादक तथा प्रकाशक ज्ञानेन्द्र निरौलाले बताए

उनले सामाजिक रुपान्तरणमा अनलाइनको माध्यमबाट रचनात्मक भूमिका निर्वाह गरिने उल्लेख गर्दै सेतोपत्र टिभी ९युट्युब च्यानल० समेत सुरु गरिएको बताए ।

कार्यक्रममा मेची अभियानका संयोजक एवम् मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय डालमिया, प्रेस संगठन झापाका संयोजक मुुक्ति पौडेल, धुलावारी माविका प्रधानाध्यापक महेन्द्रविलास लुइँटेल, भाषाविद् दामोदर ढुंगेल, रेडियो साथीका कार्यक्रम निर्देशक जीआर धिताल, शिक्षा पत्रकार संघको प्रदेश नं। १ की संयोजक राधा खनाल, नारी सञ्चार गृह झापाकी सदस्य भूमिका फियाक, खबरमञ्च साप्ताहिकका सम्पादक प्रकाश पौडेल, शिक्षक लीला भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु