कांग्रेस नेता बुढाथोकीको निधन

2024-02-06 मा प्रकाशित

काँकरभिट्टा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा गएराति निधन भएको छ ।

प्रोस्टेट क्यान्सरका रोगी उनको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेसका झापा सचिव कृष्ण हुमागाईंले जानकारी दिए । प्रोस्टेटको समस्या जटिल बन्दै गएपछि उनलाई दुई सातादेखि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

झापाको विकास निर्माणका गतिविधिमा महत्वपूर्ण योगदान पुर्याएका, स्पष्ट विचार राख्ने हक्की स्वभावका नेता बुढाथोकीको निधनले कांग्रेसलाई अपुरणीय क्षति भएको पार्टीका जिल्ला सचिव हुमागाईंले बताए ।

पञ्चायत कालमा वि।सं। २०४३ मा जनपक्षीय उम्मेद्वार बनेका बुढाथोकी राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचित भई पछि जलस्रोत राज्यमन्त्री बनेका थिए । उनी वि।सं। २०६४ र वि।संं २०७० सालमा नेपाली कांग्रेसबाट झापा क्षेत्र नं। ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

नेपाली कांग्रेस नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री नियुक्त भएका उनी झापामा ‘सेतो बाघ’ भनेर चिनिन्थे । अर्जुनधारा नगरपालिका–८ निवासी उनको पार्थिव शरीर मंगलवार झापा ल्याएर शवयात्रासहित कनकाई नदीमा अन्त्येष्टि कार्य गरिने जनाइएको छ ।स्वर्गीय बुढाथोकीकी पत्नी गीता बुढाथोकी, छोराहरु आनन्द बुढाथोकी र शिशिर बुढाथोकी तथा छोरीहरु ममता बुढाथोकी र कविता बुढाथोकी छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु