स्व.खड्काको स्मृतिमा नकलबन्दामा प्रथम नकआउट फुटबल हुने

2024-02-14 मा प्रकाशित

मेचीनगर । नकलबन्दामा स्व। पवनकुमार खड्काको स्मृतिमा प्रथम नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । यही फागुन ४ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिता मेचीनगर–५, स्थित मेची आधारभूत विद्यालयको खेलमैदानमा हुने आयोजक नकलबन्दा समाज विकास समितिले जनाएको छ ।
प्रतियोगितामा भारतका २ वटा टिमसहित १६ टिमले सहभागिता जनाउने छन् । प्रतियोगितामा आयोजक नकलबन्दा समाज विकास समिति, थण्डर्स फुटबल क्लब, एकता युनाइटेड ताराबारी, जोरसिमल फुटबल क्लब, देविगञ्ज फुटबल क्लब, काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, इटाभट्टा फुटबल क्लब, बाहुण्डाँगी युथ क्लब, सलकपुर फुटबल क्लब, तुर्केनी फुटबल क्लब, धुलाबारी टे«निङ सेन्टर, डि.एफ.सी, यलम्बर फुटबल क्लब, मगर टोला युथ संघ निरपानी, लक्ष्मीधाप स्पोर्टस् क्लब बुट्टाबारी र होक्से युथ क्लबको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेता टिमले नगद ३० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने नकलबन्दा समाज विकास समितिका खेल संयोजक भक्त गुरुङले जानकारी दिए । प्रतियोगिताको हरेक खेलको म्यान अफ द म्याचले नगद १ हजार प्राप्त गर्नेछन् भने प्रतियोगिताको बेस्ट स्ट्राइकर, मिडफिल्डर, डिफेन्स, गोलरक्षक, हाइस्कोररले नगद २ हजारसहित ट्रफी मेडल पाउने आयोजक समितिको सुरज तामाङले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख अनुमान गरिएको छ । प्रतियोगिता सम्पन्न गरेपश्चात बाँकी रहेको रकम स्व। पवनकुमार खड्काको स्मृतिमा अक्षयकोष स्थापना गरी खेल क्षेत्रलाई प्रोत्साहन गरिने नकलबन्दा समाज विकास समितिका कोषाध्यक्ष तथा मेचीनगर–५ का निवर्तमान वडा सदस्य नारायण खड्काले बताए ।
प्रतियोगिता सम्पन्न गर्ने वडा कार्यालय मेचीनगर–५ ले ३० हजार बराबरको सामाग्री सहयोग रहने पत्रकार सम्मेलनमा जानकारी गराइयो । त्यस्तै, प्रतियोगिता सम्पन्न गर्न देश तथा विदेशमा रहनु हुने स्थानीय युवा खेलप्रेमी, समाजसेवी महानुभावहरुको सहयोग समेत उल्लेखीय रहेको हुँदा आयोजकले सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गरे ।
प्रतियोगिताको पहिलो खेल आयोजक र थण्डर्स एफसीबीच हुनेछ । खेल फिफा नियम बमोजिम व्यवस्थित र मर्यादित रुपमा सञ्चालन गराइने नकलबन्दा समाज विकास समितिका अध्यक्ष इन्द्र तामाङले बताए । प्रतियोगिता अन्तर्गत दैनिक २ खेल सञ्चालन हुनेछन् । प्रतियोगिताको फाइनल खेल फागुन १२ गते हुनेछ ।
पत्रकार सम्मेलनमा स्व। पवनकुमार खड्काको जीवनीको चर्चा गरिएको थियो । स्व। पवनकुमार खड्का सदैव खेलकुद तथा सामाजिक विकासमा अग्रसरता भई समाजलाई अघि बढाउन योगदान दिने व्यक्तित्व थिए । समाजलाई सही बाटोमा डो¥याउन निभाएको भूमिकालाई मध्यनजर गर्दै नकलबन्दा समाज विकास समितिले फुटबल आयोजना गरेकोमा उनका भाइ अमृत खड्काले आयोजकलाई धन्यवाद दिँदै खुशी व्यक्त गरेका थिए ।
पत्रकार सम्मेलनमा नकलबन्दा समाज विकास समितिका अध्यक्ष इन्द्र प्रधान, नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष होमराज गुरुङ, मेचीनगर–५ का वडा सदस्य पुष्प गेलाल, नकलबन्दा समाज विकास समितिका कोषाध्यक्ष तथा मेचीनगर–५ का निवर्तमान वडा सदस्य नारायण खड्का, मेचीनगर–५ निवर्तमान वडा सदस्य मेघराज गेलाल, गंगा मेमोरियल इङ्लिस स्कुलका प्रिन्सिपल केशरप्रसाद तिम्सिना, मेची आधारभूत विद्यालयका प्रधानाध्यापक जीवनकुमार बानियाँ, अमृत खड्का, निखिल खड्कालगायतको आतिथ्यता रहेको थियो । पत्रकार सम्मेलनको सञ्चालन सुरज तामाङले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु