विविध कार्यक्रमका साथ बालकल्याण माविको स्वर्ण महोत्सव सम्पन्न, शिक्षक माझीले गरे २ लाखको अक्षयकोष घोषणा

2024-02-16 मा प्रकाशित

सुरेन्द्रनगर । मेचीनगर – ५ स्थित बालकल्याण माध्यमिक विद्यालयले दुई दिवसीय विविध कार्यक्रमका साथ स्वर्ण महोत्सव भब्य रुपमा सम्पन्न गरेको छ ।
विद्यालयले वर्ष उत्कृष्ट शिक्षक, अभिभावक, व्यवस्थापन समितिका पूर्व अध्यक्ष , सेवा निवृत्त शिक्षक, अक्षयकोषदाता, चन्दादाता तथा जग्गा दाताहरुलाई सम्मान गर्दै बिहीबार स्वर्ण महोत्सव सम्पन्न गरेको हो ।


विद्यालयले उद्घाटनका अवसरमा पहिलो दिन वर्ष उत्कृष्ट शिक्षक, वर्ष उत्कृष्ट अभिभावक तथा विद्यालयमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको थियो । विद्यालयले वर्ष उत्कृष्ट शिक्षक सम्मान विद्यालयका प्रावि इञ्चार्ज तथा वरिष्ट शिक्षक सन्तलाल माझीलाई प्रदान गर्याे भने वर्ष उत्कृष्ट अभिभावक सम्मान सीता भट्टराईलाई प्रदान गरेको थियो । उनीहरुलाई ओमनाथ ऋतुकुमारी अक्षयकोषबाट जनहि ५ हजार नगद सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । भने विद्यालयले अक्षयकोष दाता तथा चन्दा दाताहरुलाई समेत सम्मान गरेको थियो । उनीहरुलाई सम्मान पत्रद्वारा सम्मान गरियो । सो अवसरमा विद्यार्थीहरुको सामुहिक तथा एकल नृत्यले कार्यक्रमलाई थप रोचक बनाएको थियो ।
दोस्रो दिन बिहीबार भएको समापन कार्यक्रममा विद्यालयका पूर्व प्रधानध्यापक, पूर्व शिक्षक, विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष, पूर्व पिटिए अध्यक्ष, अक्ष्यकोष दाता, जग्गादाता तथा चन्दा दाताहरुलाई सम्मान गरिएको थियो ।


विद्यालयले पूर्व प्रधानाध्यापक, पूर्व शिक्षक, विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष, पूर्व पिटिए अध्यक्ष, अक्ष्यकोष दाता, जग्गादाता तथा चन्दा दाताहरुलाई सम्मान पत्रद्वारा सम्मान गरेको थियो भने समाजसेवी एवम् विद्यालयका पूर्व ब्यवस्थापन समिति अध्यक्ष अन्त कुमार दाहाल तथा विद्यालयका पूर्व शिक्षकहरुलाई विद्यालयको पूर्व विद्यार्थी समाजले सम्मान गर्याे । विद्यार्थी समाजले पूर्व अध्यक्ष दाहाललाई नगद ५ हजार राशी तथा सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको थियो । साथै पूर्व शिक्षकहरुलाई सम्मानपत्र द्वारा सम्मान गरेको थियो ।
कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले रोचक राष्ट्रिय नृत्य प्रस्तुत गरे । भने नेवारी तथा लिम्बू जातिको जातीय नृत्य समेत प्रस्तुत गरिएको थियो ।
समापन कार्यक्रमको अवसरमा विद्यालयमा स्थापित स्वर्ण स्तम्भ समेत उद्घाटन गरिएको छ । कार्यक्रमको उद्घाटन् कार्यक्रमका विशिष्ट अतिथि कोशी प्रदेशका सांसद गोपाल तामाङले गरेका थिए । सो अवसरमा विद्यालयले प्रकाशन गरेको स्मारिका समेत बिमोचन गरिएको थियो । पुस्तकको बिमोचन विशिष्ट अतिथि सांसद तामाङ र स्मारिका लेखन समितिका संयोजक एवम् विद्यालयका सहायक प्रधानाध्यापक धनराज पौडेलले संयुक्त रुपमा गरेका थिए ।


विद्यायल व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, वडा नम्बर ५ का वडाध्यक्ष कनककुमार कार्की, विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष तिलकचन लिम्बू, विद्यालयका पूर्व प्रधानाध्यापक विष्णुनारयण श्रेष्ठ, समाजसेवी रमेश पौडेल लगायतले बोलेका थिए ।
कार्यक्रममा शिक्षक महासंघ कोशी प्रदेशका अध्याक्ष तेजप्रसाद चौलागाई, मेचीनगर – ५ का वडा सदस्यहरु पुष्प गेलाल, मनकुमार लिम्बू, माया प्याकुरेल, देवीका विक, समाजेवी जितबहादुर लावती, विद्यालयका पूर्व अध्यक्ष नित्यानन्द पाठक, अनन्त कुमार दाहाल, रंगलाल गिरी, दिलिप सुब्बा, शेखरनाथ भण्डारी,  कमल कुमार देवकोटा, समाजसेवी डम्बर पुरी लगायतको आतिथ्यता रहेको थियो ।


स्वर्ण महोत्सवकै अवसरमा सम्मानित विद्यालयका शिक्षक सन्तलाल माझीले ‘सन्तलाल माझी फाउण्डेशन’ अक्षयकोष स्थापना गर्ने उद्घोष गरे । शिक्षक माझीले हाल फाउण्डेशनलाई १ लाख र मरणोपरान्त १ लाख गरी २ लाखको सन्तलाल माझी फाउण्डेसन स्थापनाको घोषणा गरेका छन् । २०५० साल भदौ १३ गतेदेखि सो विद्यालयमा अध्यापन गराउँदै आउनु भएका शिक्षक माझी विद्यालयको वरिष्ट शिक्षक हुन् भने हाल उनले विद्यालयको प्रा.वि.इञ्चार्जको महत्वपूर्ण जिम्मेबारी निर्वाह गरिरहेका छन् ।
शिक्षक माझीले आफु सम्मानित हुँदा पाएको ५ हजार रकम भने विद्यालयले सञ्चालन गरेको सामूहिक अक्षयकोषमा हस्तान्तरण गरेका छन् । शिक्षक माझीले आफूले स्थापना गरेको कोषको ब्याजले सोही विद्यालयबाट एसर्ईई परीक्षमा सर्वाेउत्कृष्ट जीपीए ल्याउने विषय शिक्षकलाई हरेक वर्ष नगद सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिने छ । सो सम्मानबाट विषय शिक्षलाई हौसला प्रदान हुने शिक्षक सन्तलाला माझीले बताए । ७० जना आवद्ध रहेको सामूहिक अक्षयकोषमा हाल ११ लाख ६३ हजार ७३ रुपैयाँ जम्मा भएको विद्यालयले जनाएको छ ।
पूर्व विद्यार्थी समाजले विद्यालयका विद्यालयका पूर्व व्यवस्थापनन समिति अध्यक्ष तथा समाजसेवी अनन्त प्रकाश दाहाललाई नगद ५ हजार सहित दोलल्ला आढाएर सम्मानपत्र सम्मान गरेको थियो । भनेविद्यालयका पूर्व प्रअ, पूर्व शिक्षकहरुलाई सम्मानपत्र द्वारा सम्मान गरेको थियो । पूर्व विद्यार्थीको कार्यक्रम सचिव गगन ढकालले सञ्चालन गरेका थिए भने समाजका अध्यक्ष नवराज सुवेदीले कार्यक्रमको औचित्य प्रकाश पारेका थिए ।
वि.स. २०३१ सालमा सो क्षेत्रका बालबालिकालाई शिक्षा दिन स्व. ओमनाथ पाठक, जगदाताहरु छविलाल खरेल, धनराज गिरी, जगतबहादुर कुँवर, शेरबहादुर राई, रामकुमार गिरी, काशीनाथ मैनाली, डम्बर बाहदुर लोहा लगायत समाजका अग्रज ब्यक्तिहरुको पहलमा सेउले कटेरोबाट सुरु भएको सो विद्यालयले आफ्नो ५० औं वार्षिकोत्सब मनाउँदै गर्दा आठ ओटा पक्की भवन निर्माण गरेर शिक्षा प्रदान गरिरहेको छ । विद्यालयलाई समाजसेवी छविलाल खरेल, धनराज गिरीले निः शुल्क रुपमा जग्गा प्रदान गरेका थिए ।
विद्यालय परिसरमा सोही विद्यालयका पूर्व विद्यार्थी राजु लामाले आफ्ना स्वर्गीय पिता धनबहादुर तामाङको स्मृतिमा सरस्वती माताको मन्दिर निर्माण गरिदिएको छ । भने सोही विद्यालयकी पूर्व साहयक शिक्षक मञ्जु अधिकारी, पूर्व शिक्षक शोभ अधिकारी तथा सोही विद्यालयका पूर्व विद्यार्थी रमेश, महेश र अशोक अधिकारी, तथा, भगवती, गोमा र ममता अधिकारीले आफ्ना स्वर्गीय पिता लोकबहादुर अधिकारी र माता रत्नमाया अधिकारीको स्मृतिमा स्वर्ण स्तम्भ निर्माण गरिदिएका छन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद न्यौपानेले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
विद्यालयका सहायक प्रधानाध्यापक धनराज पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहायक शिक्षक राजिव गिरी र शिक्षक तारा पुरीले संयुक्त रुपमा गरेका थिए । विद्यालयले स्वर्ण महोत्सवको अवसरमा यस नगर स्तरिय अन्तरमावि क्रिकेट र हाजिरीजवाफ प्रतियोगिता समेत सम्पन्न गरेको थियो । सो प्रतियोगितामा आयोजक विद्यालयले दुबै विद्यामा प्रथम स्थान हासिल गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु