केरोना संक्रमित ३२ सशस्त्र प्रहरी सवै निको भए मंगलबार १० वर्षीया बालिकासहित चारजना डिस्चार्ज

2020-09-01 मा प्रकाशित

मेचीनगर, १६ भदौं ÷ मंगलबार मेचीनगरमा दुई सुरक्षाकर्मीसहित चारजना कोरोना संक्रमण मुक्त भएर घर फर्केका छन् । नगरपालिकाका सामाजिक विकास समिति संयोजक नवीन वरालका अनुसार सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट काँकरभिट्टामा कार्यरत २५ र २७ वर्षका पुरुष सरक्षाकर्मी तथा मेचीनगर २ नम्बर वडाका १० वर्षीया बालिका र वडानम्बर ९ का ३७ वर्षीय पुरुष निको भएर घर फर्केका हुन् ।

सुरक्षाकर्मी दुवैजना कोभिड अस्पताल सुन्दरहरैचा मोरङ गोठगाउँ र अन्य दुईजना १ नम्बर प्रदेश सरकारको अनुदान समेतमा मेचीनगर ११ स्थित स्वास्थ्य चौकीकोे नवनिर्मित भवनमा मेचीनगर नगरकार्यपालिकाको कार्यालयबाट व्यवस्थापन गगरिएको आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका हुन् । सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट काँकरभिट्टामा कार्यरत ३२ जना सशस्त्र प्रहरीमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएपनि सवै निको भएर कार्यक्षेत्रमा फर्किसकेका छन् । यो सँगै मेचीनगरमा कुल संक्रमि १ सय ९ जनामध्ये १ सय २ जना निको भएर घर फर्केका छन् ।

बाकी सातजना १ नम्बर प्रदेशका विभिन्न कोभिड अस्पतालमा उपचार गराइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिका स्वास्थ्य शाखा संयोजक शशीकला राईका अनुसार सोमबारसम्ममा ३ हजार ३ सय ४९ जनाको थ्रोड स्वावको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि १ नम्बर प्रादेशिक प्रयोगशाला विराटनगर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्र्रतिष्ठान धरानको माईक्रो बायोलोजिकल विभाग र मेची प्रादेशिक अरुपताल भद्रपुरको प्रयोगशालामा पठाइएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु