झापामा थप १४ जनामा कोरोना संक्रमण पुष्टी

2020-09-01 मा प्रकाशित

मेचीनगर । झापामा आज १४ जना कोरोना संक्रमित थपिएका छन् ।

मङ्गलबार झापाको दमक नगरपालिका, गौरीगञ्ज र बाह्रदशी गाउँपालिकाका १४ जना कोरोना भाइरसको संक्रमित थपिएका हुन् ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले दमकका ३ महिला र ६ जना पुरुष, गौरीगञ्जका १ जना पुरुष तथा बाह्रदशी गाउँपालिकाका १ महिला र ३ जना पुरुष रहेको बताए ।

दमकका ९ जना संक्रमित वडा नम्बर २, ३, ५, ६ र ९ का हुन् । ती मध्ये १ जना कमल गाउँपालिका–३ का स्थानीय बासी हुन् ।

त्यस्तै गौरीगञ्जका वडा नम्बर १ का हुन् भने बाह्रदशीका ४ जना वडा नम्बर १, ५ र ७ को रहेको उनको भनाइ छ ।

बाह्रदशीका संक्रमित सबै स्थानीयबासी रहेको फोकल पर्सन चौलागाईले जानकारी दिए ।योसँगै झापामा संक्रमितको संख्या ५९० पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु