दक्षिण एशियाकै राम्रो लोकतन्त्र नेपाल : प्रा.डा. बराल

2024-02-20 मा प्रकाशित

धुलाबारी, ८ फागुन । प्रा. डा. लोकराज बरालले दक्षिण एशियामा सबै भन्दा राम्रो लोकतन्त्र नेपालमा रहेको बताएका छन् ।

आज मेचीनगर लेडी जेसीजले धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा आयोजित वर्तमान राजनीति र अबको बाटो कार्यक्रममा प्रमुख बक्ता बरालले सो कुरा दावी गरेका हुन् ।

नेपालका लागि भारतका राजदुत समेत रहेका उनले विगतदेखि नै कमाण्डको नेतृत्व गर्दै आएका केही मुठिभरका शासकहरूले लोकतन्त्रलाई धरापमा पार्न खाजेको बताए ।

विगतमा राणा र पञ्चायती शैलीले देश बनेन, अहिलेको नेतृत्व त्यहि गरिरहेका छन्ञ, बरालले भने(झअब इमानदार, समावेशी, संघीयता र लोकतन्त्र बुझेकोले मात्र देश बनाउन सक्छ । हुकुमी शासनले, कमाण्ड राजनीतिले अब देश चल्दैन । तर, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र दुर्गा प्रसाईले भनेको भरमा राजतन्त्र फर्किन्छ र रु । समावेशीकरण, धर्मनिरपेक्ष लोकतन्त्रको सुन्दर पक्ष हो । धर्मको नाममा राजनीति गर्न हुँदैन । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहि गरे । त्यो राम्रो पक्ष होइन ।

कार्यक्रमका अर्का वक्ता प्राध्यापक कृष्ण खनालले संविधानमा थुप्रै गल्तीहरू रहेको बताए । उनका अनुसार धेरै विषय सुधारेर लानु पर्छ ।

पुरानो पार्टीहरूको संरचना परिवर्तन गर्नु पर्छञ, खनालले भने( झनेतृत्व कमजोर भए ।ञ

कार्यक्रममा विद्वान कृष्ण हाछेथुले आवरण गणतन्त्रको भए पनि व्यवहार राजतन्त्रकै रहेको दावी गरे ।

कार्यक्रमका मुख्य वक्ताहरूले स्थानीय समाजसेवीहरू नरेन्द्रकुमार खड्का, इन्द्रबहादुर बुढाथोकी, सागर शिवाकोटी, नारायण वस्नेत लगायतको जिज्ञासाको जवाफ दिएका थिए ।

मेचीनगर लेडी जेसीजका अध्यक्ष पवित्रा विमली प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत कार्यक्रम संयोजक शर्मिला दाहालले र सञ्चालन महासचिव रेजिना श्रेष्ठले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु