धुलाबारीमा इन्जिनियरिङ नमुनाको प्रदर्शनी हुँदै

2024-02-22 मा प्रकाशित

धुलाबारी, १० फागुन । मेचीनगर पोलिटेक्निक इन्स्टिच्यूटले यही फागुन १७ र १८ गते इन्जिनियरिङ प्रदर्शनी गर्ने भएको छ ।

धुलाबारी क्याम्पस परिसरमा हुने उक्त प्रदर्शनीमा इन्स्टिच्यूटका आइटी, सिभिल र आर्किटेक्चर विषयमा अध्ययनरत् विद्यार्थीले निर्माण गरेका वैज्ञानिक साधनहरु देखाइने प्रिन्सिपल ई। रुद्र मैनालीले बताउनुभयो ।

उहाँका अनुसार प्रदर्शनीमा मेचीनगरका एक हजारभन्दा बढी विद्यार्थीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनीमा विद्यार्थीको दश वटा समूहले फरक प्रस्तुति राख्नेछन् ।

सिभिल इन्जिनियरिङ विभागका शिक्षक सागर बुढाथोकीले कार्यक्रममा स्मार्ट सिटी, पुल, टनेल आदिको नयाँ मोडेलहरु राखिने छन् । विद्यार्थीहरुले बनाएको नमुना रिमोटवाला गाडी र पोलुसन रिडक्सन मोडेल पनि प्रदर्शनीमा राखिने भएको छ ।

मेचीनगरको एक मात्र प्राविधिक शिक्षालयको रुपमा रहेको यस इन्स्टिच्यूटमा हाल १३८ विद्यार्थी अध्ययनरत् छन् । प्रदर्शनीले विद्यार्थी तथा अभिभावकहरुलाई आँगनमै रहेको कलेजमा विश्वस्तरीय प्राविधिक विषयमा गुणस्तरीय पठनपाठन भइरहेको र पढ्नका लागि ठूलो धनराशी खर्चेर विदेश गइरहनु नपर्ने सन्देश प्रवाहित हुने आशा गरिएको प्रशासन प्रमुख पुष्प पौडेलले बताउनुभयो ।

मेचीनगर र त्यसभन्दा बाहिरका विद्यालयका विद्यार्थीहरुलाई प्रदर्शनीको अवलोकनका लागि आउन इन्स्टिच्युटले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु