इलाम । नेपाल पत्रकार महासंघ इलामको आयोजना तथा माई जोगमाई गाउँपालिकाको आर्थिक सहयोगमा शुक्रबारदेखि संचालित चार दिवसीय खोज पत्रकारिता तालिम सम्पन्न भएको छ । तालिममा झापा, इलाम र पाँचथरका ३० जना पत्रकारहरुको सहभागिता रहेको थियो । सहभागिहरुलाई नेपाल खोज पत्रकारिता केन्द्रका पूर्व अध्यक्ष शिव गाउँलेले प्रशिक्षण दिएका थिए ।
समापन कार्यक्रमका प्रमुख अतिथि माई जोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेले तालिमले पत्रकारहरुमा खोज पत्रकारिता गर्न थप सहयोग पुग्ने बताए । थेवेले पालिका सधैंव पत्रकारहरुको योग्यता अभिवृद्धि गर्न तयार रहेको बताउँदै इलामा महासंघले ल्याएका योजनामा साथ दिने विश्वाश दिलाए । उनले पत्रकारले लेखेका समाचारले समाजमा प्रत्येक्ष असर पर्ने भएकाले वास्तविकताको उठान गर्नु पत्रकारको कर्तव्य रहेको बताए ।
प्रमुख अतिथि थेवेले माई जोगमाई गाउँलालिका आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि भरपर्दाै गन्तब्य भएकोले पत्रकारहरुले यसको प्रचार प्रसारमा सहयोग गर्न अनुरोध गरे । यस ठाउँमा बाहीय पर्यटकहरुलाई आकर्शित गर्ने बिभिन्न विशेषता छन् उनले भने यहाको रेडपाण्डा, उत्तरे पोखरी, थुम्की रानी बिभिन्न धार्मिक पीठहरु अनि मनोरम प्राकृतिक दृष्यले पर्यटकहरुलाई आकर्शित गर्छ । उनले गाउँपालिकाको चौतर्फी विकासको लागि आपूहरु क्रियाशिल भएर लागेको समेत बताए ।
कार्यक्रममा गाउँपालिककाकी उपाध्यक्ष प्रविना राईले तथ्यमा आधारित भएर पत्रकारिता गर्न अनुरोध गरिन् । उनले गलत सुचनाका आधारमा समाचार सम्प्रेसण गर्दा सञ्चार क्षेत्रको विश्वश्नीयता माथि प्रस्न उठन् सक्ने भन्दै सत्यतथ्य बुझेर समाचार सम्प्रेषण गर्नु पर्ने उनको भनाई थियो । उपाध्यक्ष राईले आफनो पालिकामा भएका धार्मिम तथा पर्यटकीय क्षेत्रको विकासमा सञ्भार क्षेत्रको भूमिका आवश्यक रहेको बताउँदै सकारात्मक सहयोग गर्न आग्रह गरिन् ।
नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराईको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा अध्यक्ष भट्टराईले पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न तालिमको आयोजना गरिएकोबताए । ‘पत्रकारिता अव पुरानै ढंगबाट अघि बढ्न सक्दैन,’उनले भने, ‘प्रविधिले फड्को मारेसँगै हामी पनि रुपान्तरित हुनु पर्छ । खोज पत्रकारिताले त्यो सफलता हामीलाई मिल्ने छ ।’
तालिममा सहभागी तर्फबाट पाँचथरकी पत्रकार दुर्गा खनालले तालिम उपलब्धीमूलक भएको बताइन् । उनले खोज पत्रकारिता तालिमले आफू र सहभागी पत्रकारहरुको लेखनमा थप मद्दत पुग्ने विश्वाश ब्यक्त गरिन् ।
समापन कार्यक्रममा सहभागी पत्रकारलाई पमाणपत्रसमेत वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ इलामका सचिव भीम चापागाँईँले गरेका थिए ।
प्रतिकृया दिनुहोस्