१४ औ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डको प्रथम, दोस्रो र तेस्रो पदक शिरिसे माबिकोे पोल्टामा

2024-02-28 मा प्रकाशित

माई जोगमाई । माङसेबुङ गाउपालिकाको डोलटारमा संचालित १४ औ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि बनेको माईजोगमाई गाउपालिकाको शिरिसे माबिका बिद्यार्थीहरूले प्रथम, दोस्रो र तेस्रो पदक हात पारेका छन् ।
बिद्यालयबाट सहभागी खेलाडी सुनिता राईले १५०० मिटर दौडमा स्वर्ण पदक , ३००० मिटर दौडमा रजत पदक र ४*४००  मिटर रिले दौडमा स्वर्ण पदक हात पारिन् भने बन्दना बेगाले ४*४००  मिटर रिले दौडमा स्वर्ण पदक, ज्याव्लिङ थ्रोमा कास्य पदक प्राप्त गरिन् । नुमा तिवारीले ४*४०० मिटर रिले दौडमा स्वर्ण पदक , ८०० मिटर छात्रा दौडमा कास्य पदक हात पारिन् । सोनु लिम्बुले ४*४००  मिटर रिले दौडमा स्वर्ण पदक हात पारिन् । एलिना राईले ४* १०० रिले छात्रा दौडमा रजत पदक हासिल गर्दै बिद्यालयको तर्फबाट २ स्वर्ण २ रजत र २ कास्य पदक हात पार्दै माईजोगमाई टिमलाई थप अगाडि बढाएको बिद्यालयका प्रधानाध्यपक नर बहादुर राईले जानकारी दिएका छन् ।

जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनौट भएका बिद्यार्थिहरूको हौसला बढाउन बिद्यालयका शिक्षक तथा कर्मचारीरू चुडा बहादुर राई , इन्द्र बहादुर नेपाल , दाफुटी शेर्पा र भिम बहादुर सुवेदी बाट रु २५०० का दरले आर्थिक सहयोग समेत प्रदान गरेका छन् भने माईजोगमाई गाउपलिका वडा नं ५ सोयाङ साबिक सोयाङ ३ का भारतीय आर्मीका रिटायार्ड क्यप्टेन गजेन्द्र बहादुर लिम्बूले समेत खेलाडीहरूलाई रु ४००० आर्थिक सहयोग गरेका छन् ।

 

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु