मेचीनगर पोलिटेन्किल इन्स्टिच्युटमा दुई दिवसीय इन्जिनियरिङ्ग प्रदर्शनी सुरु

2024-02-29 मा प्रकाशित

डम्बर बराल
धुलाबारी । मेचीनगर १० रधुवीरबाडी स्थित मेचीनगर पोलिटेन्किल इन्स्टिच्युट परिषर बिहीबार बिहानादेखि निक्कै भिडभाड थियो । सबै जना क्याम्पस परिसमा सजाइएको सुन्दर मेचीनगर, धरहरा, यातायातका साधनहरुलाई नियालीरहेका थिए ।
सोही कलेजका विद्यार्थीहरुले आफ्नो शिप, क्षमता, र दक्षता प्रस्तुत गरेर आज पहिलोपटक इन्जिनियरिङ्ग प्रदर्शनी आयोजना गरेका थिए । विद्यार्थीहरुले निर्माण गरेका ती सामाग्री नियाल्न पुगेका अभिभावक, जनप्रतिनिधि, ब्यवसायी, सञ्चारकर्मी तथा नगरका विभिन्न विद्यालयका विद्यार्थीहरु उनीहरुको प्रतिभा देखेर दङ्ग थिए । सहभागिहरुले उत्साहित बनेर ती सामाग्रीको बारेमा जिज्ञासा समेत राखेका थिए । विद्याथीहरुले समेत सहभागिहरुको जिज्ञासालाई मेटाएर आफ्नो कौशलता प्रस्तुत गरेका थिए । उनीहरुले आफनो प्रदर्शनमा सुन्दर मेचीनगर निर्माणमा सरोकारवालाले यस्तै खालका विधी अपनाउन सुझाएका थिए ।
दुई दिन सम्म चल्ने प्रदर्शनीमा विद्यार्थीहरुले स्मार्ट सिटी, ग्रीन सिटी, हाउजिङ सिस्टम, स्वच्छ पिउने पानीको ब्यवस्था, धरहरा, आधुनिक पुलहरुको अवधारणा तथा एसियन हाइवे, विधुतीय गाडी, स्कूल क्याम्पससँग सम्बन्धित सफ्टवएर, पार्क, कार्वन निरुत्साहित प्रणाली, हिमनदी र हिमताल, तथा पहिरो नियन्त्रण जस्ता विषयसँग सम्बन्धित प्रदर्शनी गरे ।


धुलाबारी क्याम्पस विगत केही वर्षदेखि इन्जिनियरिङ कलेको रुपमा विकास भएको छ । यहाँ २०७१ सालदेखि सिभिल इन्जिनियरिङ्ग सव ओभरसियर कक्षा सञ्चालन भए सँगै मेचीनगरमा प्राविधिक शिक्षा तर्फ आकर्षण बढ्न थालेको र २०७७ सालदेखि ३ वर्षे डिप्लोमा (आइटी सिभिल, र आर्केटेक्चर) साथै स्नातक तहको बिई सिभिल कक्षा सञ्चालन गरिरहेको क्याम्पसका प्रशासक पुष्पराज पौडेलले बताए । विद्यार्थीको प्रतिभा तथा दक्षता प्रस्तुत गर्न तथा अभिभावक र समाजलाई विद्यार्थीको प्रतिभा देखाउन यस किसिमको प्रदर्शनी गरिएको प्रशासक पौडेलले जानकारी दिए । मेचीनगरपालिकाको विशेष पहलमा सञ्चालन भएको सो कलेजलाई थप सुविद्या सम्पन्न बनाउन तथा विद्यार्थीको आकर्षण बढाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।


कार्यक्रमको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले दीप प्रज्वलन गरेर गरेका थिए । प्रमुख अतिथि बुढाथोकीले पोलिटेन्किल इन्टिच्युट मेचीनगरको महत्वपूर्ण उपलब्धी भएको बताए । शिक्षामा हामी पछाडी छौं भनेर निराश हुने भन्दापनि नयाँ उर्जा र सकारात्मक सोचका साथ अघिबढ्नु आजको अवश्यक्ता भएको बताए । आफना सन्तानलाई प्राविधिक शिक्षा दिनु पर्छ भन्ने मान्यता समाजमा स्थापित गर्न प्रदर्शनीले सकारात्कम प्रभाव पर्ने बताए । विद्याथीहरुको प्रतिभा नियालेका प्रमुख अतिथि बुढाथोकीले विद्यार्थीको खुलेर प्रशंसा गरे । उनले विद्यालयको विकासमा नगरको क्ष्मताले भ्याएसम्म सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।
कार्यक्रमकी विषेश अतिथि उपप्रमुख मीना पोख्रेल उप्रेतीले प्राविधिक शिक्षा विनाको जीवन अपूर्ण हुने बताइन् । धुलाबारी क्याम्स धरासायी बन्दै गएको समयमा धुलाबारी क्याम्पसलाई जीवन्त राख्न मेचीनगरको पहलमा प्राविधिक शिक्षा सुरु भएको बताएकी उपप्रमुख उप्रेतीले यसको दीर्घकालीन सञ्चलनकोलागि टोलटोमा सकारात्कम प्रचार आवश्यक रहेको बताइन् ।


कार्यक्रमका विशेष अतिथि निवर्तमान मेचीनगर प्रमुख बिमल आचार्यले मेचीनगरका शैक्षिक क्याम्पसहरुको अवस्था जटिल रहेको बेला आफनो कार्यकालमा मेचीनगरकै गौरवको योजना रुवरुप शिक्षाको गुणस्तर सुधार गर्दै प्राविधिक शिक्षामा फड्को मारेको बताए । उनले मेचीनगरलाई प्राविधिक शिक्षाको हवको रुपमा विकास गर्नु पर्ने धारणा राखे ।
पोलिटेक्निकल इन्टिच्युटका प्रिसिपल रुद्ध मैनालीको सभापतित्वमा आयोजित कार्यक्रममा कार्यक्रमको औचित्य प्रकाश पार्दै स्वागत समेत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक दामोदर ढुंगेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु