सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीको अध्यक्षमा पुन : दुर्गाप्रसाद पाठक

2024-02-29 मा प्रकाशित

भद्रपुर १७ फागुन । सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढी को पाचौ अधिवेशन तथा साधारणसभाले अध्यक्षमा पुनः दुर्गाप्रसाद पाठकलाई सर्वसम्मत चयन गरेको छ ।
बिहीबार चन्द्रगढिमा सम्पन्न सभाले समितिको उपाध्यक्षमा बाबुराम कार्की महिला उपाध्यक्षमा मिरा सन्जेल, सचिवमा खडगबहादुर बुढाथोकी, सह सचिवमा निर्मला बास्तोला र कोषाध्यक्षमा ज्योति न्यौपानेलाई सर्वसम्मत चयन गरेको छ ।
यसैगरी सदस्यहरुमा क्रमशः कृष्णप्रसाद पाठक, लालबहादुर चाहार, गंगा लिम्बू , कमला दाहाल पाठक ,अनिता बिमली दुर्गा निरौला , महेश न्यौपाने, शिला साह र शुशिला दाहाललाई सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।
यसअघि सम्पन्न उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बाँस्तोलाले प्रहरीबाट अपराध मुक्त समाज निर्माणको समुदायले परिकल्पना गरेको बताउदै अपराध न्यूनीकरणमा समुदायले प्रहरीलाई सहयोग गर्नु पर्ने बताए ।
सभामा वर्ष उत्कृष्ट संचालकमा खड्ग बहादुर बुढाथोकी तथा केन्द्रलाई पूर्णरुपमा सहयोग गर्ने प्रहरी हवल्दार अमरकुमारी खड्का र प्रहरी सहाय हल्दार मनिषा अधिकारीलाई प्रशंसाा पत्र प्रदान गरेर सम्मान समेत गरिएको थियो ।
दुर्गाप्रसाद पाठकको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा धनप्रसाद सिवाकोटीले संस्थाको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख मिलन केसी , भद्रपुर ७ ,९ र १० का वार्ड अध्यक्षहरु क्रमशः अभिषेख ढुंगाना ,राम दाहाल, टेक बहादुर खड्का ,बेकररी एसोसिएसन झापा अध्यक्ष नरबहादर गिरी, भीभ पौडेल लगाएतको आतिथ्यता रहेको थियो । । कार्यक्रमको संचालन सिवाकोटी र स्वागत उपाध्यक्ष बाबुराम कार्कीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु