आर्थिक विवादका कारण पुजारी शाहको हत्या भएको खुलासा  दुई पक्राउ, वडाध्यक्षसहित चार फरार

2020-09-02 मा प्रकाशित

झापा,१७ भदौ । रौतहटको माधवनारायण नगरपालिका(२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी राम शाहको आर्थिक विवादका कारण हत्या भएको खुलासा भएको छ ।

प्रहरीले भारतबाट दुईजना अभियुक्तलाई पक्राउ गरेर नेपाल ल्याएपछि हत्याको कारण खुलेको हो ।

प्रदेश नं। २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार पक्राउ परेका मध्ये रामनरेश पटेलका बुबाले पुजारीसँग ब्याजमा लिएको रकम तिर्ने क्रममा विवाद भएको थियो । त्यसक्रममा ३ भदौमा राति कटुवा पेस्तोल प्रयोग गरेर पुजारीको हत्या भएको खुलेको सिंहले बताए ।

उनका अनुसार पुजारी शाहले गाउँमा हुने विभिन्न विषयका छलफलमा पनि फरक मत राख्ने गरेकाले पटेलसहित अन्यसँग विवाद हुने गरेको थियो । प्रहरीले हालै रामनरेशसहित बालकुमार पटेललाई भारतको बिहारबाट पक्राउ गरेर नेपाल ल्याएको थियो ।

प्रकरणमा देवाही गोदाही नगरपालिका(१ का वडाध्यक्ष शेख नरुल्लाह, राजेन्द्र पटेल, कहिल पटेल र रामप्रवेश पटेल फरार छन् ।

पक्राउ परेका दुई जनाविरुद्ध विस्तृत अनुसन्धानका लागि जिल्ला अदालत, गौरबाट १० दिन म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु