कृषि ज्ञान केन्द्रको भवन उद्घाटन

2020-09-03 मा प्रकाशित

भद्रपुर, १८ भदौ । झापाको भद्रपुरमा कृषि ज्ञान केन्द्रको नवनिर्मित भवन उद्रघाटन् गरिएको छ ।
२ करोड १५ लाख ८९ हजार १९१ रुपैयाँ ५७ पैसाको लागतमा निर्मित उक्त भवनको उद्रघाटन् १ नं। प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री राम बहादुर रानामगरले गरेका थिए ।
कृषि विकास कार्यालयको पुरानो भवन भत्काएर सोही स्थानमा कृषि ज्ञान केन्द्रको भब्य भवन निर्माण गरिएको हो ।

प्रमुख अतिथि समेत रहेका मन्त्री रानामगरले भवनका तल्लो तलामा रहेको शिलालेख अनवारण गरेका थिए भने माथ्लो तलामा शुभकामना आदानप्रदान गरिएको थियो ।

कार्यक्रममा प्रदेशका सांसद्हरु गोपाल बुढाथोकी, बसन्त बानियाँ, एकराज कार्की विशिष्ट अतिथिको रुपमा उपस्थित थिए भने जिसस प्रमुख सोमनाथ पोर्तेल, भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ, प्रदेश मन्त्रालयकी सचिव नीलु दाहाल, एनएमसी सहकारीका अध्यक्ष एवम् सहकारी बोर्डका सदस्य रामचन्द्र उप्रेतीलगायत अतिथि थिए ।

प्रदेश मन्त्रालयकी सचिव नीलु दाहालको सभापतित्व रहेको कार्यक्रममा कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहको स्वगत रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु