2020-09-03 मा प्रकाशित
मेचीनगर, १८ भदौ । झापामाकेहि दिन यता कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । विहीबार समेत १२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बिर्तामोड नगरपालिकाका ४ महिला र १ जना पुरुष, अर्जुनधारा नगरपालिकाका १ जना पुरुष र कमल गाउँपालिकाका २ महिला र ४ जना पुरुष छन् ।
बिर्तामोड नगरपालिकाका ५ जना मध्ये १ जना शिवसताक्षी नगरपालिकाका हुन् । बिर्तामोडका पाँचै जना वडा नम्बर ५ का हुन् । उनीहरु सबै स्थानीय रहेको चौलागाईले बताए ।
त्यस्तै अर्जुनधाराका १ जना वडा नम्बर ८ का हुन् । उनी भारतबाट आएका थिए भने कमलका ६ जनै वडा नम्बर ३ का स्थानीय रहेको उनले जानकारी दिए ।
योसँगै झापामा संक्रमितको संख्या ६१५ पुगेको छ भने कोभिड अस्पतालबाट निको भएर घर फर्किएका ४८१ जना छन् ।
प्रतिकृया दिनुहोस्