प्रेस क्लव मेचीनगरको आयोजनामा आमसञ्चार र समावेशी पत्रकारिता विषयक अन्तरक्रिया

2024-03-08 मा प्रकाशित

झापा । प्रेस क्लब मेचीनगरको आयोेजनामा पुस्तक चर्चा सम्बन्धमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

क्लबको कार्यालय इटाभट्टामा शुक्रबार आयोजित ‘आमसञ्चार र समावेशी पत्रकारिता’ विषयक अन्तरक्रियाका वक्ताले समावेशिता सम्बन्धमा आफ्नो धारणा प्रस्तुत गरे ।

अन्तरक्रियामा समीक्षकहरुले नेपालमा समावेशिता र सोको कार्यान्वय सम्बनधमा समस्या औंल्याए । समावेशीता र त्यसमा प्रतिनिधित्व गर्ने बिषयमा समस्या आएको पत्रकार तारामणि सापकोटाद्वारा लिखित अनुसन्धानमुलक पुस्तकको विमर्श कार्यक्रमका बक्ताहरुले औंल्याएका हुन् ।

क्लवका संस्थापक अध्यक्ष एवम् पत्रकार सन्तोष आचार्य, लेखकरप्राध्यापक मणिकुमार लिम्बू र शिक्षकर सञ्चारकर्मी रुमा राजवंशीले पुस्तकमाथि परिचर्चा गरेका थिए । समीक्षकहरुले पुस्तकले आमसञ्चारका आयाम तथा समावेशिताको वर्तमान अवस्था र कार्यान्वयनमा देखिएका चुनौती माथि टिप्पणी गरेका थिए ।

वक्ताहरुले संविधान र कानूनमा व्यवस्था भएका समावेशिता सम्बन्धी व्यवस्थाहरु व्यवहारमा कार्यान्वयन हुन नसकेको धारणा राखे ।

उनीहरुले संविधानको मर्म अनुसार समावेशी समाज निर्माणका लागि मिडियाले खबरदारी गर्नुपर्नेमा जोड दिए । क्लबका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तकका लेखक सापकोटाले नेपालको सञ्चारलगायत विभिन्न क्षेत्रमा समावेशिताको अवस्था बारे तथ्यांक प्रस्तुत गर्दै पुस्तकको औचित्यमाथि प्रष्ट्याएका थिए ।

सरकार र राजनीतिक दलहरुले समावेशिताको नारा लगाए पनि व्यवहारमा कार्यान्वयन गर्न नसकेको सो अवसरमा बताइयो । नेपाली सञ्चार क्षेत्र पनि समावेशिताको अभ्यासमा चुकेको बताइएको छ ।

कार्यक्रममा पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य मोहन काजी, अग्रज पत्रकार राजेन्द्र गौतम, लेखक निरोज कट्टेल, प्रध्यानाध्यापक तथा सञ्चारकर्मी विश्व थापा, लेखक दामोदर ढुंगेल, पत्रकार अर्जुन कार्की, पर्वत पोर्तेल, झुलन रेग्मी, शिशिर चौलागाईं, प्रकाश पौडेललगायतको आतिथ्यता रहेको थियो ।

सो अवसरमा पत्रकार राजेन्द्र गौतम, लेखक निरोज कट्टेल, शिक्षक दामोदर ढुंगेल, पत्रकार पर्वत पोतेल, नवराज सुबेदी, पत्रकार मोहन काजी, शिशिर चौंलागाईंलगायतले जिज्ञासा एवम् सुझाव राखेका थिए ।

सापकोटाको पुस्तकमा नेपालमा समावेशिताको अवस्था, नेपाली सञ्चार क्षेत्रमा समावेशिताको अवस्था, मिडियाले खेल्नुपर्ने भूमिकालगायतका महत्वपूर्ण विषयमा तथ्यांकसहित अनुसन्धानमुलक विषय समेटिएको छ । क्लबका सचिव देबु वानियाँले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष जीआर धितालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु